फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अहिलेसम्म 54 प्रतिशत रोपाइँ सकियो

(GMT+08:00) 2017-07-20 18:20:53

नेपालभर 53.85 प्रतिशत रोपाइँ सकिएको छ। यो साउन 2 गतेसम्मको अनुमानित आँकडा हो। गत वर्ष यही समयसम्म 68 प्रतिशत रोपाइँ भएको कान्तिपुर अनलाइनले लेखेको छ।

कृषि मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बर्खे धान हुने कुल क्षेत्रफल 15 लाख 52 हजार 4 सय 69 हेक्टर छ। साउन 2 गतेसम्म 8 लाख 35 हजार 9 सय 97 हेक्टरमा रोपाइँ सकिएको छ।

मन्त्रालय मातहतको कृषि प्रसार निर्देशनालयले सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिममा सकिएको जनाएको छ। उसले त्यहाँ करिब 94 प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको छ। त्यहाँ 1 लाख 76 हजार हेक्टरमध्ये 1 लाख 64 हेक्टरमा रोपाइँ सकिएको छ। पूर्वाञ्चलमा सबैभन्दा कम 35 प्रतिशत भागमा मात्रै रोपाइँ भएको क्षेत्रमा परेको छ। पूर्वाञ्चलमा धान रोपाइँ हुने खेतीयोग्य जमिन 3 लाख 36 हजार हेक्टर हाराहारी छ। 1 लाख 17 हजार हेक्टर हाराहारी क्षेत्रमा मात्रै रोपाइँ सकिएको छ।

मनाङ र मुस्ताङबाहेक 73 जिल्लामा बर्खे धान खेती हुन्छ। मन्त्रालयले उच्च पहाडमा 70 प्रतिशत, मध्यपहाडमा 67 र तराईमा 48 प्रतिशत रोपाइँ भइसकेको जनाएको छ। यस वर्ष गत जेठ 29 गतेदेखि मनसुन भित्रिएको थियो।

तर, देशभर एक सातापछि मात्रै मनसुन सक्रिय भएको थियो। नेपालमा एक सय दिन हाराहारी मनसुनको प्रभाव पर्छ। अत्यधिक ताप र पानी चाहिने भएकाले नेपालमा बर्खे धानबाली लगाइने क्षेत्रफल अन्य बालीको तुलनामा धेरै छ। मुलुककै पहिलो बाली भएको धान पाक्न 1 सय 20 दिन हाराहारी लाग्ने गर्छ।

http://kantipur.ekantipur.com/news/2017-07-20/20170720084219.html

जानकारी तथा लेखहरु