फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक सहयोगका उपलब्धिबारे चीनको अपेक्षा

(GMT+08:00) 2017-07-20 18:49:32

चीनका उप-वित्तमन्त्री चु क्वाङ याउले चीन-अमेरिका पहिलो चौतर्फी आर्थिक वार्ताको अवधिमा दुवै पक्षले चीन-अमेरिका आर्थिक सहयोगको एक वर्षीय योजनाबारे छलफल गरी समष्टिगत आर्थिक नीतिलगायत चार सहयोगी क्षेत्र निश्चित गरेको बताउनुभयो। ती क्षेत्रबाट चाँडै उपलब्धि हासिल भएर चीन-अमेरिका आर्थिक सहयोग अघि सार्न सकिने अपेक्षा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

हिजो जुलाई उन्नाइस तारिख आयोजना भएको चीन-अमेरिका पहिलो चौतर्फी आर्थिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उप-वित्तमन्त्री चु क्वाङ याउले उक्त कुरा बताउनुभएको हो। उहाँले खुला, मैत्रीपूर्ण र रचनात्मक वातावरणमा वार्ता भएको भन्दै दुई पक्षले चीन-अमेरिका व्यापारिक रचनामा देखिएका समस्याबारे खुला रुपमा छलफल गरेको औँल्याउनुभयो। उहाँका अनुसार, चीन-अमेरिका व्यापारको असन्तुलित अवस्था सुधार गर्न अमेरिकाले चीनबाट कम आयात गर्ने नभई अमेरिकाले चीनलाई थप निर्यात गर्ने हो भन्ने कुरामा दुवै पक्ष सहमत भएका छन्।

जानकारी तथा लेखहरु