फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २५ खेलको निर्णय

(GMT+08:00) 2017-09-20 16:36:06

       नेपालको पदक सम्भावना भएको ठानिएको कराते समेट्दै डेढ वर्षपछि नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २५ खेलको निर्णय भएको छ। तुर्कमेनिस्तानको अस्गाबतमा मंगलबार सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले कराते, बास्केटबल, फेन्सिङ र गल्फ समावेश गर्दै २५ खेलको निर्णय गरेको हो। नेपाल ओलम्पिक कमिटी (एनओसी)का समेत अध्यक्ष रहेका काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको बैठकले २०१६ मा भारतको गुवाहटीमा सम्पन्न १२औं संस्करणमा राखिएकामध्येबाट सेपाक टाक्रो र हक्की हटाएको नागरिकन्यूज डट कममा खबर छ।

        नेपाल ओलम्पिक कमिटीले १३औं सागका लागि २८ खेलको प्रारम्भिक प्रस्ताव गरे पनि काउन्सिलले २५ खेलको सिलिङ राखेर निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

        पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदको अवसर पारेर गरिएको बैठकले काठमाडौंमा काउन्सिलको मुख्यालय राख्ने, विधान संशोधन गर्नेलगायतका विषयलाई भने थाती राखेको छ । जनवरीको अन्तिममा काठमाडौंमै आगामी बैठक राख्ने र त्यही बैठकले विधान तथा मुख्यालयको विषयमा निर्णय गर्ने टुंगो लागेको छ।

         बैठकले १३औं सागमा समावेश गर्ने निर्णय लिएका खेलमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिड, फेन्सिड, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटिड, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ छन्।

जानकारी तथा लेखहरु