फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परमाणु प्रसारबाट विश्व शान्तिमा त्रास थपेको राष्ट्रसंघका महासचिवको भनाइ

(GMT+08:00) 2017-09-20 16:37:18

       वर्तमान विश्वले आणविक हतियारप्रति देखाएको चिन्ताले शीत युद्ध सम्पन्न भएदेखि यताकै सबैभन्दा उग्र रूप लिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेर्रेसले 19 तारिख संयुक्त राष्ट्र संघीय महासभाको साधारण सम्मेलनमा भाग लिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार आणविक हतियारप्रति चिन्ता तथा डर वास्तविक देखिन्छ।

         लाखौं जनताले उत्तर कोरियाको आणविक परिक्षणको प्रभावमा जीवन बाँचिरहेका छन्। कोरियाली प्रायद्बीप समस्यालाई शान्तिपूर्ण तरीकाले समाधान गर्नुपर्छ। यस तनावपूर्ण परिस्थिति चर्कँदै गएमा गलत निर्णय हुनसक्ने सम्भावना पनि छ।

         त्यसैले महासचिव गुटेर्रेसले सबै मुलुकले एकताबद्ध भएर आणविक हतियाररहित विश्वको सपनालाई साकार तुल्याउनका लागि प्रयास गर्न आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु