फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

72‌औं संयुक्त राष्ट्रिय संघीय महासभामा बहसको आयोजना

(GMT+08:00) 2017-09-20 16:37:43

        72‌औं संयुक्त राष्ट्रसंघीय महासभाको साधारण वहस हिजो 19 तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सुरु भएको छ। एक सयभन्दा बढी देशका नेताहरू、सरकारी नेता、उच्चस्तरीय प्रतिनिधिहरूले यस सम्मेलनमा महत्वपूर्ण आतंकवाद र चुनौतीहरूको सामना गर्नका लागि छलफल गर्दैछन्।

        संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनिओ गुटेर्रेसले हिजो वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै वर्तमान विश्वका सामु देखापरेको चुनौती तथा धम्कीप्रति चिन्ता प्रकट गर्नुभयो।

         महाधिवेशनका अध्यक्ष लेक्सेकले यस सम्मेलनमा भाषण दिँदै"शान्ति र विवादको प्रतिरोध"लाई संयुक्त राष्ट्र संघको भूमिकाको केन्द्रमा राख्नुपर्ने र जनतालाई आधारको रुपमा लिनुपर्ने सिद्धान्तबारे प्रकाश पार्नुभयो। साथै उहाँले महाधिवेशनद्वारा अन्तर्राष्ट्रिय समाजका लागि सन्2030 दिगो विकास कार्यक्रम र जलवायु परिवर्तनको"पेरिस सम्झौता"मा गरिएको वचनवद्धतालाई व्यवहारमा उतार्नुपर्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु