फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संविधान दिवसको अवसरमा पैचिङस्थित नेपाली दूतावासको कार्यक्रम

(GMT+08:00) 2017-09-20 19:19:21

        नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा चीनका लागि पैचिङस्थित नेपाली राजदूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरेको छ।

        नेपालको संविधान तथा राष्ट्रिय दिवसको सन्दर्भमा कार्यक्रमको उद्घाटन नेपाल र चीन दुवै राष्ट्रको राष्ट्रिय गान बजाएर गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा चिनियाँ परराष्ट्र सहायक मन्त्री छ्येन होङशान उपस्थित हुनुभएको थियो।

       

          कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको संविधानको चर्चा गर्दै नेपालको संविधानलाई चीनले स्वागत गरेकोमा धन्यवाद दिनुभयो। उहाँले नेपाल चीनबीचको मित्रता हार्दिक रहेको भन्दै उहाँले यो मित्रताले दुवै पक्षलाई फाइदा दिने बताउनुभयो।

         कार्यक्रममा चिनियाँ तथा अन्य विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरू, चीनमा बसोबासरत नेपालीहरू लगायतको उपस्थिति थियो। संविधान दिवस (असोज 3 गते) सेप्टम्बर 19 मा भएपनि कूटनीतिक नियोगहरूले 20 तारिखमा मनाउने सरकारको निर्णय बमोजिम बुधबार पैचिङमा कार्यक्रम गरिएको हो।

जानकारी तथा लेखहरु