फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विज्ञान तथा प्रविधिको इन्जिनमा हरित कृषि विकसित

(GMT+08:00) 2017-10-22 18:33:18

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा सहभागी किसान तथा कृषि, विज्ञान र प्रविधि क्षेत्रका ५ जना प्रतिनिधिले २१ तारिख पैचिङमा चिनियाँ तथा विदेशी पत्रकारहरूलाई चीनमा कृषि, विज्ञान तथा प्रविधिको विकास अवस्था तथा भविष्यमा चीनमा हरित कृषिको विकासबारे जानकारी दिएका छन्।

१९औं महाधिवेशनका प्रतिनिधि चीन कृषि विज्ञान प्रतिष्ठानका कूलपति थाङ ह्रवाच्युनले चीनमा कृषि सम्बन्धि विज्ञान तथा प्रविधि क्षेत्रमा ३ वटा टड्कारो सूचकहरू रहेका बताउनुभयोः 'पहिलो, कृषि सम्बन्धि विज्ञान तथा प्रविधि प्रगतिमा प्रदान गरिएको योगदान दर गत वर्षमा ५६ प्रतिशभन्दा बढी छ। दोस्रो, मुख्य अन्नबालीको खेती, रोपाइ, कटनी मेशिनको प्रयोग स्तर ६५ प्रतिशत पुगेको छ जुन हरेक वर्षमा २ प्रतिशतले बढ्दै गएको छ र तेस्रो, मुख्य अन्नबालीको राम्रो गुणस्तरिय बीउ समेटिएको दर सन्२०१६मा ९६ प्रतिशत पुगेको छ।'

कृषि, ग्रामीण क्षेत्र र किसान सम्बन्धि विषय नै चीनमा जनजीवनको आधारभूत विषय मानिन्छ। १९औं महाधिवेशनका प्रतिनिधि चीन कृषि मन्त्रालय अन्तर्गत योजना र डिजाइन अनुसन्धानालय अन्तर्गत ग्रामीण उर्जा-श्रोत तथा वातावरणीय अनुसन्धान केन्द्रका उप प्रमुख शन यु च्युनले भन्नुभयोः प्रतिवेदन बमोजिम, आगामी केही वर्षमा चीनमा केही हरित उत्पादन प्रविधिको अनुसन्धान तथा विकास एवम् फैलावट गरिनेछ जसबाट कृषिको हरित विकासअघि बढाइने छ। यसरी चीनमा कृषि अझ हरित हुने छ र ग्रामीण क्षेत्र अझ सुन्दर र किसानहरू अझ धनी हुने विश्वास छ।

जानकारी तथा लेखहरु