फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९‌औँ महाधिवेशनको छैटौँ पत्रकार सम्मेलन

(GMT+08:00) 2017-10-24 15:43:19

चिनियाँ कम्युनिष्ट पार्टीको १९ ‌औँ महाधिवेशनको प्रेस केन्द्रले आज २३ तारिख मंगलबार दिउँसो छैटौँ पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९ ‌औँ महाधिवेशनका प्रवक्ता को वै मिनको निम्तोमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत वातावरणीय संरक्षण मन्त्रालयका सचिव एवं वातावरणीय संरक्षण मन्त्री ली कान चे, केन्द्रीय वित्तीय नेतृत्वदायी टोलीको कार्यालयका उप-प्रमुख याङ वै मिन सो पत्रकार सम्मेलनमा सहभागी हुनुभयो। उहाँहरुले "हरित विकास सम्बन्धी कल्पनालाई व्यवहारमा उतारी सुन्दर चीनको निर्माण गरौँ" विषयमा जानकारी दिनुका साथै पत्रकारद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।

ली कान चेले चिनियाँ कम्युनिष्ट पार्टीको १८‌ औँ महाधिवेशनदेखि पर्यावरणीय वातावरणको संरक्षणमा चिनियाँहरुको चेतनादेखि व्यवहारसम्म ऐतिहासिक परिवर्तन आएको भन्दै वातावरणीय संरक्षण सम्बन्धी ऐन, वायु प्रदुषणको प्रतिरोध सम्बन्धी ऐनको संशोधन गरिएको बताउनुभयो। उहाँका अनुसार, वातावरणीय गुणस्तरमा पहिलेभन्दा निकै छिटो सुधार भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ ‌औँ महाधिवेशनदेखि अहिलेसम्मको पाँच वर्ष चीनको पर्यावरणीय सभ्यतामा सबैभन्दा बढी सुधार भएको, सबैभन्दा छिटो सुधार भएको र सबैभन्दा जोडतोडका साथ सुधार भएको तथा सबैभन्दा बढी उपलव्धी हासिल भएको पाँच वर्ष भएको जानकारी याङ वै मिनले गराउनुभयो।

जानकारी तथा लेखहरु