फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीसीको विधानमा सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार समावेश

(GMT+08:00) 2017-10-24 16:38:07

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन पैचिङमा आज मंगलबार विहान सम्पन्न भएको छ। यो महाधिवेशनमा नयाँ केन्द्रीय समिति तथा केन्द्रीय अनुशासन अनुगमन आयोग निर्वाचित भएकोछ । त्यसैगरी अठारौँ केन्द्रीय समितिको प्रतिबेदन सम्बन्धी निर्णय प्रस्ताव पारित भएको छ भने अठारौँ केन्द्रीय अनुशासन अनुगमन आयोगको कार्य प्रतिबेदन सम्बन्धी निर्णय प्रस्ताव पनि पारित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधित प्रस्ताव सम्बन्धी निर्णय प्रस्ताव पनि पारित भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले १९ औँ महाधिवेशन समापन समारोहको अध्यक्षता गर्नुभएको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको विधानका अनुसार,चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन तथा यसबाट निर्वाचित केन्द्रीय समिति चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वदायी संस्था हो। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय समितिले महाधिवेशनको निर्णय प्रस्तावको कार्यान्वयन गर्छ भने चिनियाँ कम्युनिष्ट पार्टीको सम्पूर्ण कार्यको नेतृत्व गर्छ। केन्द्रीय अनुशासन अनुगमन आयोग चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन सम्बन्धी सर्वोच्च संस्था हो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई मार्क्सवाद तथा लेनिनवाद, माउ चतुङ विचारधारा, तङ श्याउ फिङ सिद्धान्त, तीनवटा प्रतिनिधित्व भन्ने महत्वपूर्ण विचारधारा र बैज्ञानिक विकास सम्बन्धी धारणासँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशिका बनाउने सहमति जनाएको छ।

विभिन्न कार्यसूचि सम्पन्न भएपछि गडगडाहट ताली बजेपछि सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्नुभयो।

जानकारी तथा लेखहरु