फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीसीको १९ औँ महाधिवेशनमा नयाँ केन्द्रीय समिति निर्वाचित

(GMT+08:00) 2017-10-24 18:45:53
सात दिनसम्म चलेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन आज मंगलबार विहान पैचिङमा सम्पन्न भएको छ। सो महाधिवशेनमा सी चिन फिङ लगायत २०४ जना केन्द्रीय सदस्य, १७२ जना बैकल्पिक सदस्य र १३३ जनाबाट केन्द्रीय अनुशासन अनुगमन आयोगमा निर्वाचित भएका छन्। सो महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको विधानको संशोधित प्रस्ताव पारित हुनुका साथै सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई पार्टीको विधानमा लेख्ने निर्णय गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले अठारौँ केन्द्रीय समितिको तर्फबाट सी चिन फिङको प्रतिवेदन पारित गर्नुका साथै प्रतिबेदनलाई चिनियाँ कम्युनिष्ट पार्टी र सम्पूर्ण चिनियाँहरुको नेतृत्व गरी नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने राजनीतिक घोषणा पत्र तथा कार्यपत्र निर्देशिका तथा मार्क्सवाद तथा लेनिनवादको निर्देशिका दस्ताबेज भएको ठहर गरेको छ।

जानकारी तथा लेखहरु