फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीसी उन्नाइसौँ केन्द्रिय समितिको पहिलो पूर्ण वैठकको विज्ञप्ति

(GMT+08:00) 2017-10-25 12:26:07

सन् 2017को अक्टोबर पचीस तारिख चिनियाँ कम्युनिष्ट पार्टी उन्नाइसौँ केन्द्रिय समितिको पहिलो पूर्ण वैठक पैचिङमा आयोजना भएको छ।

204 जना केन्द्रिय सदस्य र 172 जना वैकल्पिक सदस्य सो वैठकमा उपस्थित हुनुभएको छ। केन्द्रिय अनुशासन अनुगमन आयोगका सदस्य पनि उपस्थित हुनुभएको छ।

सी चिन फिङले आजको वैठकको अध्यक्षता गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव नियुक्त भएपछि उहाँले महत्वपूर्ण सम्बोधन गर्नुभयो।

पूर्ण वैठकमा केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य, केन्द्रिय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य र केन्द्रिय समितिका महासचिवको निर्वाचन भएको छ। साथै केन्द्रिय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिको मनोनयन अनुसार, केन्द्रिय सचिवालयका सदस्यको नामावली पारित भएपछि केन्द्रिय सैन्य आयोगका सदस्यहरु पनि निश्चित भएका छन्। उन्नाइसौँ केन्द्रिय अनुशासन अनुगमन आयोगको पहिलो पूर्ण वैठकबाट निर्वाचित सचिव, उप-सचिव, स्थायी समितिका सदस्यको नामावली पनि पूर्ण वैठकबाट पारित भएको छ।

जानकारी तथा लेखहरु