फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड इनिसिएटिभ" प्रस्ताव सीपीसीको विधानमा समावेश

(GMT+08:00) 2017-10-26 18:34:11

19 औँ महाधिवेशनले चिनियाँ कम्युनिष्ट पार्टीको विधानको संशोधित मसौदालाई पारित गरेको छ। "बेल्ट एण्ड रोड इनिसिएटभि"को निर्माणलाई उक्त विधानमा पनि समावेश गरिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज अक्टोबर छब्बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापनालाई अघि बढाउन र मानव जातिको भाग्यको एकरुपताको निर्माणका लागि तेजिलो शक्ति थपिदिने कुरा औंल्याउनुभएको छ।

विभिन्न पक्षहरूसँगै मिलेर मानव जातिको भाग्यको एकरुपताको स्थापना गर्न, स्थिर शान्ति, सुरक्षा, साझा समृद्ध र स्वच्छ तथा सुन्दर विश्वको निर्माणका लागि योगदान गर्दैजान चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनु भएको छ।

जानकारी तथा लेखहरु