फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत तिब्बती अस्पताल—दकचुङसा तिब्बती अस्पताल

(GMT+08:00) 2017-11-01 14:25:21

दकचुङसा तिब्बती अस्पताल सछ्वान प्रान्तीय कान च तिब्बती स्वायत्त प्रिफेक्चरको दक जिल्लामा अवस्थित छ। सन्१९७५मा स्थापित यस अस्पतालले ओग्टेको क्षेत्रफल दश वर्गमिटरदेखि आजको १८७२ वर्गमिटरसम्म विस्तारित भएको छ। परम्परा वमोजिम यहाँ बहिरण विभाग, ल्याब(औषधि निर्माण कक्षा) र भण्डार राखिएको छ। हालसम्म यस अस्पतालमा तिब्बती चिकित्सक ५ जना कार्यरत छन भने दीर्घकालीन कर्मचारी २० जना छन्। यसका अतिरिक्त, अस्थायी कर्मचारी र चिकित्सा स्वयमसेवक पनि यसै अस्पतालमा काम गर्ने गर्दछन्।

यस अस्पताल वरिपरिका ९ वटा टाउन्शिप र गाँउबस्तिका १०० वटा प्रशासनिक गाँउका किसानहरूको चिकित्सा र स्वास्थ्यको हेरचाह गर्ने जिम्मा दकचुङसा तिब्बती अस्पतालमा छ। साथै यस अस्पतालले तिब्बतको छाङतु, छिङ्हाई प्रान्तीय यु शु, कान्सु प्रान्तीय कान नान र युननान प्रान्तीय ती छीङ यी सुदूर क्षेत्रको लागि पनि तिब्बती औषधि र तिब्बती चिकित्सक तालिम प्रदान गर्ने गर्दछ।

सन्१९८९देखि यता, दकचुङसा तिब्बती अस्पतालबाट धेरै पटक गरी परम्परागत उपायको आधारमा मूल्यवान तिब्बती औषधि बनाइएको छ र सन् २०१०मा तिब्बती-हान जातिय भाषाको तिब्बती औषधि किताब सम्पादन गरियो।

जानकारी तथा लेखहरु