फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सन् 2017 चीनका लागि विदेशी कूटनीतिज्ञको च्याङ्ग सु यात्रा" शीर्षकको कार्यक्रम सुरु

(GMT+08:00) 2017-11-21 14:26:35

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको भावनालाई प्रचारप्रसार गर्नका लागि यसै नोभेम्बर बाह्र तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआइ अनलाइनद्वारा संयोजन गरिएको "सन् 2017 चीनका लागि विदेशी कूटनीतिज्ञको च्याङ्ग सु यात्रा" शीर्षकको कार्यक्रम चीनको नान चिङ्ग शहरमा औपचारिक रूपमा सुरु भएको छ।

अफ्गानिस्तान, इजिप्ट, नेपाल, नाइजर, श्रीलंका, कम्बोडिया र ब्राजिल गरी सात मुलुकका कूटनीतिज्ञहरुले च्याङ्ग सु प्रान्तका नान चिङ्ग, चन च्याङ्ग र थाइ चौ गरी तीन शहरको स्थलगत भ्रमण गर्दै संयुक्त रुपमा धनी तथा सुन्दर नयाँ च्याङ्ग सुको विकासको अवलोकन गरेका छन्।

बाह्र तारिख दिउँसो यस कार्यक्रमको पहिलो स्थल नान चिङ्ग शहरमा कूटनीतिज्ञहरुले नान चिङ्गको मिङ्ग शहरी पर्खालको अवलोकन गरी प्राचीन र आधुनिक शैली मिश्रित शहरको अनुभव गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत नान चिङ्ग शाखा विदेशका लागि प्रचारप्रसार कार्यालयका प्रमुख भङ्ग चन काङ्गले ती कूटनीतिज्ञहरुसँग सदिच्छापूर्ण भेटवार्ता गर्नुभएको छ। उहाँले च्याङ्ग सु प्रान्तको परिचयका साथै विविध जानकारी दिँदै अतिथि कूटनीतिज्ञहरुले च्याङ्ग सुको विकास अवस्था र च्याङ्ग सुको परम्परागत चलन तथा संस्कृतिबारेमा गहन जानकारी लिनसक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु