चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआई अनलार्इनले संयोजन गरेको "सन् 2017 चीनका लागि विदेशी कूटनीतिज्ञको च्याङ्ग सु यात्रा"कार्यक्रम नोभेम्बर सत्र तारिख सम्पन्न भएको छ। छ दिने कार्यक्रममा नेपाल, अफ्गानिस्तान, कम्बोडिया, ब्राजिललगायत सात वटा मुलुकका कूटनीतिज्ञले चीनको नान चिङ, चन च्याङ, थाइ चौ गरी तीन शहरको भ्रमण गरेर लामो इतिहास बोकेको, सुन्दर र दीगो विकास भएको च्याङ सु प्रान्तको अवलोकन गरेका छन्।
चीनका चार वटा प्राचीन राजधानी मध्येको एक नान चिङ शहर यात्राको पहिलो गन्तव्य थियो। नान चिङसँग सात हजार वर्षभन्दा लामो समयको मानव सभ्यताको इतिहास छ साथै लगभग दुई हजार छ सय वर्षको शहरी इतिहास र पाँच सय वर्षसम्मको राजधानीको इतिहास बोकेको छ। त्यस पछि कूटनीतिज्ञहरुले चन च्याङ शहरको छ्येन ह्वा प्राचीन गाउँमा एक दिन बिताएको थियो। त्यहाँ चीनको छिङ वँशको निर्माण वस्तुशैलीबाट विदेशी कूटनीतिज्ञ आकर्षित भएका थिए। साथै स्थानीय जातीय नाचगानलगायत विभिन्न कार्यक्रममा पनि कूटनीतिज्ञहरुले रमाइलो अनुभव गरेका थिए। चीनका लागि अफ्गानिस्तानी दूतावासका मिनिस्टर काउन्सलर कासिमिले उत्साहित हुँदै आफ्नो जन्मथलोमा पनि यस्तै प्रकृतिको नाचगान शैली रहेको बताउँदै अफ्गानिस्तान नै पुगेको व्यक्त गरेका थिए।
कार्यक्रमको अन्ततिर कूटनीतिज्ञहरुले थाइ चौ शहरको अवलोकन गरेका थिए। चीनको लागि कम्बोडियाका प्रथम सचिव निपोनाले सीआरआईले आयोजना गरेको यस कार्यक्रमप्रति आफूले धन्यवाद ज्ञापन गर्न चाहेको बताए। उहाँले चीन र कम्बोडिया छिमेकी मुलुक हुनुका साथै दुई देशबीच साझा सांस्कृतिक पृष्ठभूमि पनि रहेको भन्दै यस कार्यक्रमबाट एकआपसबीचलार्इ बुझ्न र मित्रता बढाउन मद्दत पुग्ने व्यक्त गरे।
यी सात मुलुकका विदेशी कूटनीतिज्ञबाहेक सीआरआई र च्याङ सु प्रान्तका तीस भन्दा बढी पत्रकार पनि सो कार्यक्रममा सहभागी थिए।