फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अध्यक्ष माओप्रति हार्दिक श्रद्धान्जली

(GMT+08:00) 2017-11-24 15:50:06

बेइजिङको केन्द्रमा रहेको थिआन आनमन स्क्वायर विश्वकै सबैभन्दा ठूलो चोक हो। यही चोकको दक्षिणतिर नयाँ चीनका संस्थापक नेता माओ च तुङको शव राखिएको 'अध्यक्ष माओ स्मृति भवन' छ।

माओको जन्म १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको सावोसानमा भएको थियो। उहाँकै नेतृत्वमा १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएको हो। १९७६ सेप्टेम्बर ९ का दिन बेइजिङमा उहाँको निधन भयो। मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरू भएको 'अध्यक्ष माओ स्मृति भवन' १९७७ मे २४ मा पूरा भयो। यो भवनको निर्माणमा विश्वको सर्वोच्च शिखर सगरमाथाको ढुङ्गा पनि प्रयोग भएको छ।

मङ्गलबारदेखि आइतबारसम्म बिहान ८ बजेदेखि १२ बजेसम्म खुला रहने यो भवन जुलाई र अगस्तमा बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ थप दिउँसो २ देखि ४ बजेसम्म पनि हल खुल्ने गर्छ। स्मारक भवनमा माओप्रति श्रद्धा अर्पण गर्ने व्यक्तिहरु अन्य समयभन्दा डिसेम्बर २६ र सेप्टेम्बर ९ मा दशौं गुणा बढी हुन्छन्। त्यसैले पनि यी दुई दिनहरुमा दुई चरणमा स्मारक भवन खुल्ने गरेको हो।

८३ वर्षमा मृत्युवरण गर्नु भएका माओ अहिले पनि ८३ वर्षकै उमेरमा स्मृति भवनमा सुतिरहनु भएको छ। दैनिक हजारौँ मान्छेले उहाँप्रति हार्दिक श्रद्धा र सम्मान प्रकट गर्दछन्।

प्रस्तुत भिडियो र फोटाहरु सीआरआई नेपाली सेवामा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले सन् २०१७ नोभेम्बर २१ तारिख नयाँ चीनका संस्थापक नेता अध्यक्ष माओ च तुङलाई श्रद्धान्जली अर्पण गर्न पङ्तिबद्ध भएकाको व्यक्तिहरुको हो।

जानकारी तथा लेखहरु