फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वसन्त चाडको अवसरमा टाँस्ने चित्र 'न्यान ह्वा'

(GMT+08:00) 2018-02-13 15:26:21

वसन्त चाडको अवसरमा चीनमा विविध चित्र टाँस्ने चलन छ जसलाई चिनियाँ भाषामा न्यान ह्वा भनिन्छ। न्यान ह्वा परम्परागत लोकप्रिय कलाहरुमध्येको एक हो। वसन्त चाड मनाउन न्यान ह्वा अर्थात चित्र टाँस्ने चलनको दीर्घकालीन इतिहास रहिआएको छ।

न्यान ह्वाका चित्रमा नयाँ वर्षसँगै सौभाग्य, सुखमय र खुशीयालीको शुभकामना लेखिएको हुन्छ।

ह पै प्रान्तीय उ छ्याङ्ग जिल्लामा बनाइने न्यान ह्वासँग ग्रामीण क्षेत्रीय विशेषता भएकाले निकै लोकप्रिय छ। उ छ्याङ्ग न्यान ह्वा चित्रमा चित्र कोर्ने, चित्रअनुसार काठमा कुँद्ने, छाप्ने र सजावट गर्ने चार तह छन्। हाल उ छ्याङ्ग न्यान ह्वा चीनको राष्ट्रिय सांस्कृतिक सम्पदामा सूचिकृत भइसकेको छ।

जानकारी तथा लेखहरु