फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेश घुम्ने चालू वर्षको वसन्त चाडको नयाँ प्रवाह

(GMT+08:00) 2018-02-16 13:22:00

चीनको पर्यटन एजेन्सी संघ, थु न्यौ पर्यटन वेबसाइट, आई वै पर्यटन सल्लाह संस्थानले हालै संयुक्त रुपमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् 2018 को वसन्त चाडको अवधिमा पर्यटनको उपभोगमा निरन्तर रुपमा वृद्धि हुने छ। वसन्त चाड मनाउन विदेश जानु मुख्य प्रवाह बन्दैछ। व्ययको आधारबाट हेर्दा सन् 2018 वसन्त चाडको अवधिमा विदेश घुम्न जाने खर्च मूल्यको समष्टिगत सूचकांक हालैका वर्षहरूयताको सर्वोच्च स्तरमा पुगेको छ।

हाल सार्वजनिक भएको "सन् 2018 वसन्त चाडको सुनौलो सप्ताहमा पर्यटन प्रवृत्ति प्रतिवेदन"अनुसार, धेरै चिनियाँहरू वसन्त चाड मनाउनका लागि जन्मथलो फर्कने नभइ वसन्त चाड मनाउनका लागि घुम्न जाने गर्छन्। शांगहाई, पैचिङ, नान चिङ, थ्येन चिन, हांग चौ, शन चन, क्वाङ चौ, सु चौ, ऊ हान, छङ तु वसन्त चाडको अवधिमा पर्यटकहरू मुख्यतःजाने ठाउँ बनेका छन्।

थु न्यौ पर्यटन वेबसाइटका उप महाप्रबन्धक वाङ शु पाइले वसन्त चाडको अवधिको पर्यटक समूह सामान्य चाडपर्वमा घुम्न जाने समूहभन्दा अलि फरक भएको भन्दै घुम्न जाने समूहमा परिवारका सदस्यहरूको प्रधानता रहने बताउनुभयो। वाङ भन्नुहुन्छ "तीस वर्षदेखि पैंतालीस वर्षसम्मका समूह सन् 2018 वसन्त चाडको अवधिमा घुम्न जाने मुख्य समूह हो। यो समूह परिवार पर्यटनको प्रतिनिधिमा रहेको मुख्य समूह हो। केही समूहमा एक परिवारमा तीन जना सदस्य छन्। केही समूहमा एक परिवारमा पाँच जना सदस्य छन्। केही समूहमा अझै धेरै पनि छन्।"

यस अवधिमा हाई नान, युन नान, क्वाङ तुङ, फु चेनको मौसम न्यानो हुन्छ, पर्यटनको श्रोत-साधन प्रशस्त छ। वसन्त चाडको अवधिमा घुम्न ती गन्तव्य जाने पर्यटकहरूको संख्या धेरै छ। यस वाहेक, ली च्या प्राचीन शहर, ऊ चि चौ टापू, ता ली प्राचीन शहर, कु ल्याङ यु टापू, छाङ लुङ जंगली जनावर पार्कआदि दृश्य क्षेत्रहरु जाने पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ। बरफ र हिउँका प्रेमीका लागि वसन्त चाडको अवधिमा चीनको उत्तर-पूर्वी क्षेत्र जानु एक राम्रो छनौट हो। हार्बिन बरफ तथा हिउँ पार्क, छाङ पाई शान दृश्य क्षेत्र, या पू ली स्की रिसोर्ट निकै लोकप्रिय छन्।

स्वदेशी पर्यटकीय मार्गबाहेक, चालू वर्षको वसन्त चाडको अवधिमा विदेश घुम्न गएका पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ। थाइल्याण्ड, जापान, अमेरिका, फ्रान्स, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, फिलिपिन्स, मलेशिया र इन्डोनेशिया पर्यटकहरूको मुख्य गन्तव्य बनेका छन्। थु न्यौ पर्यटन वेबसाइटका उप महाप्रबन्धक वाङ शु पाइले क्यानाडा, रुसआदि मुलुकहरू पनि चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्ने मुलुक बनेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "यस सन् 2018 चीन-क्यानाडा पर्यटन वर्ष हो। चिनियाँहरूले क्यानाडामाथि पनि धेरै ध्यान दिएका छन्। हाल क्यानाडामा हिउँद ऋतु हो। फोटोग्राफीका सौखिनहरू यस अवधिमा क्यानाडा जाने गर्छन्। क्यानाडाले दुई पटक हिउँदकालीन ओलम्पिक खेलकुदको आयोजना गरिसकेको छ। त्यसैले बरफ तथा हिउँ प्रेमीले क्यानाडा छान्ने छन्। रुसको केही दृश्य हिउँद ऋतुमा मात्रै अवलोकन गर्नसकिन्छ। बाइकाल तालको निलो बरफआदि प्राकृतिक दृश्यले पर्यटकहरूलाई घुम्न आकर्षित गरेका छन्।"

सार्वजनिक भएको "सन् 2018 वसन्त चाडको सुनौलो सप्ताहमा पर्यटन प्रवृत्ति प्रतिवेदन"अनुसार, सन् 2018 वसन्त चाडको सुनौलो सप्ताहमा विदेश घुम्न जानेको मूल्यको सूचकांक 151.7 पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा 37.8प्रतिशतले वृद्धि भएको छ। आई वै पर्यटन सल्लाह संस्थानका बजार विभागका प्रबन्धक श्रीमती वाङ छुन लिङले यो सूचकांक हालैका वर्षहरूमा उच्चतम बिन्दुमा पुगेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "सन् 2017 को वसन्त चाडको सुनौलो सप्ताहको तुलनामा चालू वर्षको पर्यटनको मूल्यमा 4.5 प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको वसन्त चाडको सुनौलो सप्ताहमा विदेश घुम्न जानेको व्ययको सूचकांक सन् 2017 को गृष्म विदाको व्यस्त सिजन र राष्ट्रिय दिवसको सुनौलो सप्ताहको सूचकांकभन्दा उच्च मात्र नभई हालैका वर्षहरूको नै उच्चतम सूची बन्न पुगेको छ।"

जानकारी तथा लेखहरु