फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको जवाफी पत्रको हङकङमा उच्च मूल्याङ्कन

(GMT+08:00) 2018-02-17 14:30:20

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यही फेब्रुअरी चौध तारिख हङ्ग कङ्ग पुलिस कलका सदस्यलाई जवाफी पत्र पठाउनु भएको थियो। जवाफी पत्रमा राष्ट्राध्यक्ष सीले आफूलाई वसन्त चाडको बधाइ कार्ड पठाएको भन्दै हङकङ पुलिस कलका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सीप र सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको थियो।

केही दिनयता सो जवाफी पत्रले हङ्ग कङ्गमा जनमत र विभिन्न क्षेत्रका व्यक्तिको व्यापक ध्यान तानेको छ। उनीहरुले सो पत्रको सक्रिय मूल्याङ्कन गरेका छन्। विभिन्न अखवार र वेभसाइटले प्रमुख समाचारको रुपमा सो जवाफी पत्र सम्प्रेषण गरेका छन्। साथै केही मुख्य सञ्चारमाध्यमले पनि त्यसबारे रिपोर्ट गरेका छन्।

इन्टर्नेट मिडिया बास्टेल पोष्टले टिप्पणी प्रस्तुत गरी राष्ट्राध्यक्ष सी चिन फिङ र जुनिएर पुलिस कलबीचको अन्तर्क्रियामा युवा, प्रहरी, देशप्रेम तीन तत्व र हङ्ग कङ्ग सर्वसाधारणले त्यसबारे राम्रोसित सिक्न लायक भएको विचार विश्लेषण गरेको छ। राष्ट्राध्यक्ष सी चिन फिङले हङ्ग कङ्गमाथि निकै ख्याल गर्नुका साथै हङ्ग कङ्गका युवाले राष्ट्रिय अवस्थाबारे अरु बुझेर सही बाटो छान्नेर देशलाई सेवा गर्नसक्ने आशा पनि लिएको सो टिप्पणीले उल्लेख गरेको छ।

साथै हङ्ग कङ्गका विभिन्न क्षेत्रका व्यक्तिले राष्ट्राध्यक्ष सीको जवाफी पत्रबाट हङ्ग कङ्गमाथि उहाँको ठूलो माया र हङ्ग कङ्ग युवामाथि ठूलो अपेक्षा देखिएको व्यक्त गरेका छन्। हङ्ग कङ्ग युवाले राष्ट्राध्यक्ष सीको भनाइ सम्झेर हङ्ग कङ्ग र देशलाई सेवा गर्नुपर्ने विचार उनीहरुले व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु