फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु

(GMT+08:00) 2018-02-18 15:04:37

'दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व' भन्ने नाराका साथ आजदेखि पर्यटकीय नगरी पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ।

अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा आयोजित पाँच दिवसीय सम्मेलनमा नेपाललगायत विभिन्न २० राष्ट्रका १८० युवाको सहभागिता रहेको नेपालखबर अनलाइनले जनाएको छ।

युवा नेतृत्व विकास, उद्यमशीलता, दिगो विकास लक्ष्य, सुरक्षित आप्रवासन, गुणस्तरीय शिक्षा, विश्व युवा साझेदारीलगायत विषयमा छलफल गरी योजना तयार गर्ने सम्मेलनको मुख्य लक्ष्य रहेको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनका अध्यक्ष सुवास मल्लले जनाकारी दिनुभयो।

सो सम्मेलनको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले आज एक समारोहका बीच उद्घाटन गर्दै विश्वमा नै सक्षम जनशक्ति निर्माण गर्नु वर्तमानको अवश्यकता रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु