फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन्यजन्तु संरक्षणका लागि अस्पताल खोलिँदै

(GMT+08:00) 2018-02-18 15:06:21

वन्यजन्तुको स्वास्थ्य उपचार गर्ने अस्पताल र अनुसन्धान प्रविधिको अभावले विश्वमै दुर्लभ मानिएका र नेपालमा पाइने दर्जनौँ वन्यजन्तु बर्सेनि मर्न थालेका छन्। प्राकृतिक वातावरणमा विचरण गर्दा, भाग्दा, दौडँदा लडेर घाइते हुँदा, ठूलो वन्यजन्तुको आक्रमणमा परेर घाइते भएका, राजमार्गमा सवारीसाधनले ठक्कर दिँदा, सिकारीले घाइते बनाएका र प्राकृतिक रूपमा रोगी भएका वन्यजन्तुले उपचार नपाउँदा हरेक वर्ष नेपालले ठूलो क्षति बेहोरिरहेको छ।

निकुञ्ज, आरक्ष तथा सामुदायिक वनभित्र र राजमार्गमा सवारीसाधनबाट घाइते वन्यजन्तुको सङ्ख्या वर्षमा सयौँ हुने गर्छन्। तिनको हाल जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ । ठाउँ तथा प्रविधिको अभावमा जटिल प्रकृतिका रोगको उपचार यहाँबाट गर्न नसकिएको राष्ट्रिय प्रकृतिक संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलले जानकारी दिनुभयो।

उपचार नहुने समस्यालाई सम्बोधन गर्न नेपालमा पहिलोपटक सञ्चालनमा आउन थालेको वन्यजन्तु अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालमा चाहिने यन्त्र, उपकरण तथा प्राविधिकको व्यवस्थापन गर्नेतर्फ पनि सरकारले काम अगाडि बढाएको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन अस्पतालमा साना वन्यजन्तुलाई कोठाभित्रै उपचार गर्ने र हात्ती, गैँडाजस्ता ठूला वन्यजन्तुलाई विशेष प्रकारले निर्माण गरिएको स्थानमा उपचार गरिने भएको छ । हाल चितवनमा दुईजना र जावलाखेलस्थित चिडियाखानामा दुई गरी चारजना चिकित्सक रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु