फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बौद्धिक सम्पत्तिको सुरक्षाद्बारा राम्रो व्यापारिक वातावरणको निर्माण

(GMT+08:00) 2018-02-18 15:39:53

बौद्धिक सम्पत्तिको सुरक्षा नयाँ सिर्जनाको सुरक्षा हो। चीनमा बौद्धिक सम्पत्तिको सुरक्षालाई सबल पार्नुका साथै व्यापार वातावरण पनि क्रमशः राम्रो हुँदैआएको छ।

चिनियाँ बौद्धिक सम्पत्ति व्यूरोबाट प्राप्त जानकारीअनुसार, गत वर्ष चीनमा प्रतिलिपि अधिकार सुरक्षा मुद्दाको संख्या 67 हजार पुगेर सन् 2016 को तुलनामा 36.3 प्रतिशतले बढेको छ। साथै बौद्धिक सम्पत्तिको सुरक्षा केन्द्र र तीव्र गतिले अधिकारको सुरक्षा केन्द्रको संख्या 31 पुगेको छ।

बौद्धिक सम्पत्तिको निश्चितता, सुरक्षा र कार्यान्वयनमा चीनले चिनियाँ तथा विदेशी व्यवसायलाई समान मापदण्ड दिएका हुनाले अझ बढी विदेशी व्यवसायको लगानी भित्र्याएको छ।

तथ्याँकअनुसार, बौद्धिक सम्पत्तिको सुरक्षामा सामाजिक सन्तुष्टि सन् 2016 को 72.38 प्रतिशतबाट सन् 2017 को 76.69 प्रतिशतसम्म बढेको छ।

जानकारी तथा लेखहरु