फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा चीनका छ करोड असी लाख जनता गरिबीमुक्त

(GMT+08:00) 2018-02-18 16:11:01

चीनको राज्य परिषदको गरिबी निवारण कार्यालयबाट प्राप्त समाचार अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनको पाँच वर्षयता चीनले गरिबी निवारणको इतिहासमा सबैभन्दा राम्रो उपलब्धि पाएको छ भने पाँच वर्षयता जम्मा छ करोड 85 लाख तीस हजार जनालाई गरिबीबाट मुक्त गराएको छ र गरिबीको दरको हिसाबले सन् 2012 को 10.2 प्रतिशतबाट 3.1 प्रतिशतसम्म घटेको छ । जसबाट चीनको गरिबी निवारण कार्यमा निर्णायक प्रगति भएको देखिन्छ।

चीनको राज्य परिषदको गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ्ग फुले जानकारी दिएअनुसार, निर्णायक प्रगतिबाट चीनको गरिबी निवारणको अभियान सफलताको दिशातर्फ अघि बढेको छ र अभ्यासबाट गरिबी निवारणसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्देशन सम्पूर्ण रूपमा सही प्रमाणित भएको व्यक्त गर्नुभयो।

लिउ युङ्ग फुले आगामी तीन वर्ष अरु तीन करोड गरिबीलाई मुक्ति गर्नुपर्ने भन्दै वर्तमान गरिबी निवारणको कठिनाइको विषय नै अत्यन्त गरिब क्षेत्र विशेष गरी पूर्वाधार कम्जोर भएको क्षेत्र रहेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु