फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी कन्फ्युसियस कलेजद्वारा चिनियाँ वसन्त चाड समारोह

(GMT+08:00) 2018-02-18 16:11:59

केही दिनयता विश्वका विभिन्न क्षेत्रका कन्फ्युसियस कलेजले विभिन्न कार्यक्रम गरी चिनियाँ परम्परागत वसन्त चाड मनाएका छन्।

सोह्र तारिख पोल्याण्डको फ्लोजवार्फ विश्वविद्यालयको कन्फ्युसियस कलेजले वार्षिक पोलसँग वसन्त चाड विशेष कार्यक्रमको आयोजना गरेको छ। कपडा सिंह नाच, चिया कला प्रर्दशनी, चिनियाँ संगीत उपकरणको प्रदर्शन, चिनियाँ ऊशु लगायत विभिन्न चिनियाँ परम्परागत कार्यक्रम प्रदर्शनी गरिएको थियो। कलेजका प्रमुखले पनि चिनियाँ राशिचक्र सँस्कृतिबारे जानकारी दिनुभयो र पोल्याण्डका शिक्षकले पनि चिनियाँ अक्षरको श्रोत र विकास अवस्थाबारे जानकारी दिनुभयो।

यसका साथै पोर्चुगल अभेइरो विश्वविद्यालयको कन्फ्युसियस कलेज र अभेइरो सरकारले मिलेर सत्र तारिख अभेइरो शहरको केन्द्रिय चोकमा वसन्त चाड समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयको कन्फ्युसियस कलेजले सत्र तारिख स्थानीय सरकारसँग मिलेर कुकुर वर्षको स्वागत गरी वसन्त चाड मेलाको आयोजना गरेको छ र त्यसबाट दुई हजारभन्दा बढी स्थानीय सर्वसाधारण आकर्षित भएका थिए।

जानकारी तथा लेखहरु