फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्यूनिख सुरक्षा सम्मेलनमा चिनियाँ जनकांग्रेस वैदेशिक मामिला कार्यालयका प्रमुखको सम्वोधन

(GMT+08:00) 2018-02-18 16:12:48

54औँ म्यूनिख सुरक्षा सम्मेलन फेब्रुअरी सोह्र तारिखदेखि अठार तारिखसम्म जर्मनीको म्यूनिखमा आयोजना भएको छ। सो अवसरमा चीनको राष्ट्रिय जनकाँग्रेस समितिका वैदेशिक मामिला कार्यालय प्रमुख फु यिङले उपस्थित भएर नियन्त्रण गुमाइएको प्रमुख आणविक सुरक्षा विषयक सम्बोधन गर्नुभएको छ।

सो अवसरमा फु यिङले मानव भाग्य समुदायको दृष्टिबाट आणविक क्षेत्रको ग्लोबल प्रशासन हेर्ने शीर्षक सम्बोधन गर्दै आणविक हतियार वर्तमान विश्वको अझै पनि सबैभन्दा घातक हतियार हो र विभिन्न मुलुकले जिम्मा लिएर संयुक्त रुपमा आणविक क्षेत्रको विश्वव्यापी प्रशासनलाई बढाउनुपर्ने दोहोर्‍याउनुभयो।

फु यिङले आणविकसहित पाँच मुलुकले विश्व रणनीतिक स्थिरताको संरक्षण गरी आणविक विस्थापन अरु बढाएर आणविक अप्रसार प्रणालीको संरक्षण गर्नुपर्ने व्यक्त गर्नुभयो। उहाँले यी पाँच मुलुकले रणनीतिक आपसी विश्वासलाई बढाउनुपर्छ तर बिगार्ने होइन भन्दै सम्बन्धित दायित्वको व्यवहारिक रुपमा पालना गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु