फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा छिङ्ग ताउ शिखर सम्मेलनमा सहभागी नेताहरुका लागि रात्रिभोजको आयोजना

(GMT+08:00) 2018-06-10 20:14:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुन ९ तारिख रात्रि भोज गरेर शाङ्गहाई सहयोग संगठन छिङ्ग ताउ शिखर सम्मेलनमा सहभागी नेताहरुको स्वागत गर्नुभएको छ। सो अवसरमा राष्ट्रध्यक्ष सी चिन फिङले स्वागत सम्बोधन पनि गर्नुभयो।

सुन्दर समुद्रतटवर्ती शहर छिङ्गताउमा विभिन्न देशका नेताहरुसँग भेला हुँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो। चीन सरकार र जनताको प्रतिनिधिवत्वमा र आफ्नो व्यकित्वको हैसियतमा राष्ट्राध्यक्ष सीले शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक समितिको सम्मेलनमा सहभागी विभिन्न देशका नेताहरु र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवारीहरुलाई हार्दिक स्वागत गर्नुभयो। शानतुङ्ग प्रान्त चिनियाँ संस्कृतिको मूल क्षेत्र हुनुका साथै कन्फ्युसियस् र म्यानिसियसको जन्मथलो हो। कन्फ्युसियसको विचार चिनियाँ सभ्यतामा महत्वपूर्ण विभाग हो। कन्फ्युसियस विचारले मेलमिलाप रुपमा सहअस्तित्व हुने अवधारणा गरेको छ। उनको विचार र शाङ्गहाई भावनामा धेरै समान रहेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। शाङ्गहाई भावनाले आपसी विश्वास, हितकर, समान, सल्लाह भएर विविध सभ्यताको सम्मान गर्नुका साथै साझा विकास , सहयोग र विजय हुने पालना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा शाङ्गहाई भावना व्यापक समर्थन र सहमति गरिएको छ। शाङ्गहाई भावनाको निर्देशनमा सुरक्षा, अर्थतन्त्र, संस्कृतिआदि क्षेत्रमा शाङ्गहाई सहयोग संगठनले प्रशस्त्र उपलब्धि हासिल गरेको मात्र होइन व्यवस्थापनको निर्माणमा पनि ऐतिहासित प्रगित हासिल गरेको छ। हाल शाङ्गहाई सहयोग संगठनमा आठ सदस्य मुलुक, चार पर्यवेक्षक मुलुक र छ वार्ता साझेदारी मुलुक छन्। यो संगठन क्षेत्री सुरक्षाको रक्षा गर्ने, साझा विकासलाई घच्घच्याउने र साझा व्यवस्थापनको पूरा गर्ने महत्वपूर्ण शक्ति हो। छिङ्गताउ शिखर सम्मेलालाई नयाँ सुरुवाद बनाएर शाङ्गहाई भावनाको प्रसारण गरेर संयुक्त प्रयासमा शाङ्गहाई सहयोग संगठनको नयाँ विकास सुरु गरौं भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो।

छिङताउ शिखर सम्मेलनमा भाग लिनुहुने विदेशी नेताहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी राष्ट्रपति मामनुन हुसेन, कजाकिस्तानी राष्ट्रपति नुरसुतन नजरवेइभ, किर्किजस्तानी राष्ट्रपति सुरोनवे झिनवेकोभ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, ताजिकिस्तानी राष्ट्रपति इमोमाली रूखमोनोभ, उज्वेकिस्तानी राष्ट्रपति शभ्कात मिरजियोएभ हुनुहुन्छ। पर्यवेक्षक मुलुकका नेताहरूमा अफगानी राष्ट्रपति अशरफ घानी, वेलारूसका राष्ट्रपति अलेक्जनडर लुकाशेन्को, इरानी राष्ट्रपति हसन रौहनी तथा मंगोलियाली राष्ट्रपति खत्मा बात्तुल्गा पनि सम्मिलिन हुनु भएको छ।

जानकारी तथा लेखहरु