फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

(GMT+08:00) 2018-06-17 14:15:41

"बुबाको बिंडो कहाँबाट थाम्ने र अफ्सोस गर्ने मूल्यवान तथा राम्रा प्रतिष्ठावान् कुरा धेरै छन्।"

सी चिन फिङको कार्यालयमा विभिन्न युगमा खिचिएका पारिवारिक जीवनका फोटोहरू राखिएका छन्। तीमध्येको एउटा फोटोमा उहाँ ह्विल चेयरद्वारा आफ्ना बुबालाई अघि सारेर आफ्नी श्रीमती र छोरीसँगै घुमिरहनुहुन्छ।

परिवारको माया गर्ने र आमा-बुबाको आदर गर्ने चीन राष्ट्रको परम्परागत राम्रो बानी सी चिन फिङको मनमा गहिरोसँग कोरिएको छ।

पहिले उपप्रधानमन्त्री एवम् राज्य परिषद्का महासचिव नियुक्त हुनुभएका सी चोङ स्युन आफ्नो कामका अतिरिक्त चारजना छोराछोरीको हेरचाह गर्नुहुन्थ्यो। उहाँ उनीहरूका लागि नुहाउने र लुगा धुने काम गर्नुहुन्थ्यो। त्यति बेला उहाँले घरपरिचारिका पनि राख्नुभएन। किनकि सी चोङ स्युनले यस्तो कारवाईलाई परिवारको सबैभन्दा सुखी विषयको रुपमा व्यवहार गर्नुभयो। विशेषत: छोराछोरीहरूसँगै खेल्दा उहाँलाई साह्रै खुसी लाग्ने गर्दथ्यो।

 

कमरेड सी चोङ स्युनले छोराछोरीको निकै माया गरे तापनि उहाँले उनीहरूलाई कहिल्यै पनि पुलपुल्याउनुभएन।

सी चिन फिङका आँखामा बुबाको मितव्ययिता निकै गम्भीर छ। "बाल्यकालदेखि नै हामीले बुबाको यस्तो गम्भीर शिक्षा बमोजिम मितव्ययी बानी बनाएका थियौं।"

उदाहरणको शक्ति निकै महान छ! सी चोङ स्युनको जीवन क्रान्तिको जीवन, उज्ज्यालो जीवन र सक्दो प्रयासमार्फत जनताका लागि सेवाभावको जीवन रहेको छ।

"तिमीहरूले चीनको क्रान्ति, निर्माण र सुधार सम्बन्धी अझ बढी ऐतिहासिक ज्ञान प्राप्त गरी बहादुरीको उदाहरणबाट सिक्दै पार्टी, मातृभूमि र जनताको माया गर्नुका साथै वास्तविक गतिविधिमार्फत लाल जीवनलाई विभिन्न पुस्तासम्म पुर्‍याउनसक्ने भन्ने मेरो आशा छ। "

गत जुन एक तारिख बाल दिवसको उपलक्ष्यमा सी चिन फिङले बालबालिका र किशोरकिशोरीलाई दिनुभएको भाषण वास्तवमा उहाँको आफ्नो जीवनको अनुभव नै हो।

उहाँले सी चोङ श्युनलाई पठाउनुभएको एउटा चिट्ठीमा लेख्नुभयो,आफ्ना बुबाबाट सिक्ने सदगुण धेरै छन्।

सन् २००१मा सी चोङ स्युनको अठासीऔं जन्म दिवसको उपलक्ष्यमा सम्पूर्ण परिवार भेला भएका थिए। तथापि फु चेन प्रान्तका निवर्तमान गर्भनर सी चिन फिङले व्यस्तताका कारण पछुतो लागेर आफ्ना बुबालाई उक्त चिट्ठी लेख्नुभयो।

यस चिट्ठीमा सी चिन फिङले आफ्ना बुबाको इमान्दारीको सम्मान गरी पिता जस्तै मान्छे बन्ने देखेका छौं भनी उल्लेख गर्नुभएको छ।

चिट्ठीमा सी चिन फिङले लेख्नुभएको छ, आफ्ना बुबाले चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनताका लागि महान कार्य गरेको र आफूले गरेको महान कार्यको प्रचार नगरेकोमा सम्मान गर्दै पिताबाट कार्यशैली सिक्ने निर्णय गरेका छौं। आफ्ना बुबाको मनमा सधैं एउटा उज्यालो बत्ती रहेकाले स्थायी रुपमा उचित दिशातर्फ अघि बढ्ने शक्तिशाली नैतिक बल सिक्न सक्नेछौं।

ती कुराहरुले सानो सन्तानले पिताप्रति राख्ने सम्मानभाव अभिव्यक्त हुनुका साथै क्रान्तिकारी सन्तानको हैसियतमा अग्रजको भावनाको निरन्तरता दिने अठोट देखाएका छन्।

"जनताका लागि सेवा प्रदान गर्नु आफ्ना अभिभावकहरुका लागि सबैभन्दा ठूलो माया हो।"

सी चोङ स्युनले सी चिन फिङको चिट्ठी पढेपछि व्यस्तताको कारण जन्म दिवसको भोजमा नआएका सी चिन फिङलाई बुझेर आफ्ना नातेदारहरुलाई भन्नुभयो,"जनताका लागि सेवा प्रदान गर्नु आफ्ना अभिभावकहरुका लागि सबैभन्दा ठूलो माया हो।"

सी चोङ स्युनले सी चिन फिङलाई पार्नुभएको प्रभाव दैनिक जीवनको हरेक ठोस कुरामा देखा परेको छ।

गहिरो क्रान्तिको वातावरणीय प्रभावमा, युवाकालका सी चिन फिङ चिनियाँ कम्युनिष्ट युवा संघमा प्रवेश गर्न आठ वटा निवेदन दिनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीमा प्रवेश गर्न दश वटा निवेदन दिएर बीस वर्षको उमेरमा चिनियाँ कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो।

एउटा सानो पार्टी शाखाको सचिवबाट चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवसम्म, सामान्य नागरिकदेखि चीनको राष्ट्राध्यक्षसम्म सी चिन फिङले वास्तविक व्यवहारमा 'पूर्ण रुपमा जनताको सेवा' भन्ने सिद्धान्तमा लागिरहनुभयो।

सी चिन फिङले राजनैतिक कार्य गरेपछि बुबा सी चोङ स्युनले भन्नुभयो,'जुन स्तरको पदाधिकारी भएपनि, जनतालाई सेवा दिने नियमलाई नबिर्सीकन जनताको प्रतिनिधित्व गरी जनतासँग सम्पर्कमार्फत् जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्नुपर्छ'।

सी चिन फिङले सधैं नै बुबाको भनाइलाई जीवनभरिको लक्ष्यको रुपमा प्रयास गरिरहनुभयो।

'जनतालाई आफ्नो बुबा आमा जस्तै माया गर्नुपर्छ।'

सन्2013को नोभेम्वरमा सी चिन फिङले हु नान प्रान्तको शपातौं गाउँको निरीक्षण गर्नुभयो। त्यतिखेर गाउँघरमा टेलिभिजन थिएन। राष्ट्राध्यक्ष सी चिन फिङलाई नचिन्ने मिआउ जातिकी एकजना बूढी श पा च्वानले सी चिन फिङलाई आफ्नो घरमा निमन्त्रणा गरी सोध्नुभयो'तपाइँलाई कसरी चिन्ने?'

'म जनताको एक जना कर्मचारी हुँ।'सी चिन फिङले हाँसेर आफ्नो परिचय दिनुभयो। उहाँको भनाइ हरेक व्यक्तिलाई मर्मस्पर्शी लागेको छ।

चिनियाँ जनताका नेता सी चिन फिङ चीनका धेरै गरिब क्षेत्र र गाउँहरू घुमेर ती गाउँहरूलाई सकेसम्म समर्थन दिनुभएको देखिन्छ।

गरिबलाई सहयोग गर्ने काममा उहाँले महत्व दिनुभएपछि चीनको गरिबीको प्रतिशत पहिलाको 10.2% बाट 4% सम्म घटेको छ अर्थात् छ करोड भन्दा बढी चिनियाँहरू गरिबीबाट मुक्त भएको देखिन्छ। यस्तो धेरै संख्याका मानिसहरू गरिबीबाट मुक्त भएको कुरा विश्वमा थोरै मात्रै देख्न सकिन्छ।

जनताको आवश्यकतालाई पूर्ति गर्नका लागि काम गर्नुपर्ने यो राष्ट्राध्यक्ष सी चिन फिङको आफ्नो सिद्धान्त हो। हजारौं चिनियाँ परिवारहरूको सुन्दर भविष्य नै उहाँले आफ्नो कामको उद्देश्य बनाउनुभएको छ।

उहाँको सम्बोधनका अनुसार-

"सकेसम्म प्रयास गरी चिनियाँहरूलाई उपलब्ध गराउनुपर्ने, 'झन राम्रो शिक्षा, स्थिर काम, धेरै बढी ज्याला, विश्वसनीय सामाजिक सुरक्षा, उच्चस्तरीय चिकित्सा सेवा, सुविधाजनक आवास, सफा वातावरण, राम्रो सम्भवको जीवनशैली।' कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई दिएको प्रतिबद्धतालाई कार्यन्वयन गराउनुपर्छ।"

जनताको आवश्यकताका लागि काम गर्ने विचारधारा नै अहिले चीनको आर्थिक सामाजिक विकासको महत्वपूर्ण दिशानिर्देश बनेको छ।

जानकारी तथा लेखहरु