फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रशासनमन्त्रीद्वारा निरीक्षण

(GMT+08:00) 2018-06-17 15:02:32
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो। निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै उहाँले स्थानीय सरकारदेखि संघीय सरकारसम्म विमानस्थलका बारेमा सकारात्मक रहेको उल्लेख गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

"अब अन्य कुरामा अल्मलिने नभई चार दशकदेखिको पोखरेलीको सपना पूरा हुने विश्वास व्यक्त गर्दै मन्त्री पण्डितले निजगढ विमानस्थल त्रिभुवन विमानस्थलभन्दा अझ राम्रो हुने र भैरहवा विमानस्थल छिट्टै सञ्चालनमा आउने बताउनुभयो। आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले हालसम्म ४५ प्रतिशत माटोसम्बन्धी कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो ।

रिठ्ठेपानी डाँडा १४.२ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै उहाँले धावन मार्ग दुई हजार ५०० मिटर लम्बाई र ६० मिटर चौडाईको हुने बताउनुभयो। उहाँका अनुसार विमानस्थलको पूर्वपट्टि विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु