फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२१औं शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

(GMT+08:00) 2018-06-17 15:03:22
२१औं शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोह्र तारिख बेलुका शुरु भएको छ। एशिया तथा प्रशान्त क्षेत्रका सबैभन्दा ठूलो परिमाण तथा सबैभन्दा प्रभावकारी चलचित्र महोत्सवमध्येको एकको रुपमा शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको व्यावसायिकता तथा आधिकारिकतालाई मान्यता दिइएको छ। चालू वर्ष चीनको सुधार तथा खुलापनको चालीसौं वर्ष हो,शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उपलक्ष्यमा बितेका चालीस वर्षदेखि चीनको चलचित्रको इतिहास देखाइनेछ।

हिजै बेलुका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रसार उप-मन्त्री शन हाई श्युङले २१औं शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन भएको घोषणा गर्नुभयो। चालू वर्षको चलचित्र महोत्सव आगामी २५ तारिखसम्म चल्नेछ। यस अवधिमा चीन र विदेशका उत्कृष्ट चलचित्रको प्रदर्शन,स्वर्ण कप पुरस्कार वितरण गर्ने विविध कार्यक्रमहरुको आयोजना गरिनेछ।

शाङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रभाव दिन प्रतिदिन ठूलो हुँदै आएको परिप्रेक्षमा स्वर्ण कप पुरस्कारको आकर्षण पनि बढ्दै आएको छ। विश्वका एक सय आठ वटा मुलुक तथा क्षेत्रका तीन हजार चार सय सत्तचालीस चलचित्रहरू यस पुरस्कारका लागि भिडेका छन्। विधाका विभिन्न दश वटा पुरस्कार जुन २४ तारिख सार्वजनिक हुनेछ।

जानकारी तथा लेखहरु