फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उग्रवादी संगठन "इस्लामिक स्टेट"द्वारा अफगानिस्तानको पूर्वी भागमा बम विस्फोटन गराइएको दावी

(GMT+08:00) 2018-06-17 15:04:10
उग्रवादी संगठन "इस्लामिक स्टेट"ले हिजो राति प्रकाशित गरेको एउटा वक्तव्य अनुसार,"इस्लामिक स्टेट"ले हिजो दिउँसो अफगानिस्तानको पूर्वी भागमा पर्ने नानगारहार प्रान्तको सदरमुकाम जलालावादको कछाड क्षेत्रमा भएको एउटा भेलामा कार बम विस्फोटन गराएको छ।

हिजै दिउँसो अफगानिस्तान सरकार तथा तालिवानबीच उपवास छोड्ने महोत्सवको अवधिमा युद्ध विरामका बीच धेरै मानिसहरुले जलालाबादको कछाड क्षेत्रमा भेलाको आयोजना गरेका थिए। त्यसको छेउमा एउटा गाडीमा विस्फोटन भएको थियो। नानगारहार प्रदेश सरकारका प्रवक्ताले सिन्ह्वा समाचार समितिका पत्रकारलाई जानकारी दिएअनुसार,यो एउटा आत्मघाती कार बम विस्फोटन थियो। जसबाट अहिलेसम्म कम्तीमा छब्बीस जनाको मृत्यु हुनुका साथै ५४ जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु