फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलद्वारा स्लोभाकियाको भ्रमण

(GMT+08:00) 2018-06-17 15:05:13
स्लोभाकिया दिशा पार्टीको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका सहायक शन पै लीले जुन तेह्र तारिखदेखि सोह्र तारिखसम्म एउटा प्रतिनिधिमण्डलको नेतृत्व गरी स्लोभाकियाको भ्रमण गर्नुभएको छ।

भ्रमणमा स्लोभाकिया दिशा पार्टीका अध्यक्ष फिजो लगायत मुख्य पार्टीका नेतागणलाई भेटेर प्रतिनिधिमण्डलले सी चिन फिङ नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा र चीनको विकास परिस्थितिबारे जानकारी दिई चीन र स्लोभाकिया पार्टीको सम्बन्धबारे गहिरो रुपमा आदानप्रदान गरेका छन्।

स्लोभाकियाले चीनको विकास उपलब्धी र'बेल्ट एन्ड रोड'प्रस्तावले चीन-मध्य पूर्वी युरोप मुलुकबीचको सहयोगमा रहेको सक्रिय अर्थको उच्च मूल्यांकन गर्नुका साथै पार्टीबीचको आदानप्रदानलाई गहिरो पार्ने र चीन-स्लोभाकिया सम्बन्धलाई अघि बढाउने आशा लिएको छ।

जानकारी तथा लेखहरु