फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाइट हाउसले अमेरिकाको विभिन्न क्षेत्रको आवाज सुन्नुपर्ने विज्ञको भनाइ

(GMT+08:00) 2018-08-19 15:59:44
चीन र अमेरिकाले नयाँ चरणको आर्थिक तथा व्यापारिक परामर्श गर्नुअघि अमेरिकी विशेषज्ञले ह्वाइट हाउसलाई अमेरिकाको विभिन्न क्षेत्रको आवाज सुनेर चीन र अमेरिका बीचको असन्तुलित व्यापार समस्याको समुचित रुपमा समाधान गर्न आह्वान गर्नु भएको छ। यसका साथै अमेरिकाले बहुपक्षीय व्यवस्थाबाट हटेर विश्वको नियमको परिवर्तन गर्न खोजेको गतिबिधिले विश्वव्यापी संकट ल्याएको पनि उहाँले बताउनुभयो।

हाल न्यूयोर्क विश्वविद्यालयकी प्राध्यापक,चीन-अमेरिका सम्बन्ध सम्बन्धी विशेषज्ञ आन लीले अमेरिकाले जिद्दी लिएर चीनप्रति व्यापारिक लडाईं गरेको कार्य धेरै खतरनाक रहेको बताउनु भएको छ। उहाँका अनुसार, अमेरिका सरकारले राष्ट्रिय सुरक्षाको नाममा चीनबाट आयातित मालसामानहरुमाथि थप भन्सार कर लगाउनुलाई अमेरिकी वाणिज्य क्षेत्रले रुचाएको छैन। अमेरिकी वाणिज्य क्षेत्रले कर नबढाउन बारम्बार आह्वान गरे पनि ह्वाइट हाउस आफ्नो निर्णयमा डगमगाएको छैन।

अमेरिकाले विश्वको अनुशासनलाई निरन्तर रुपमा विगार्ने र अन्त्यमा मानवको बाँच्ने अधिकार नै संकटमा परेको अमेरिकी विद्वानहरुले ठहर गरेका कुरा पनि प्राध्यापक आन लीले व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु