फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र पोल्याण्डका प्राथमिक विद्यालय बीच सहकार्य सम्झौता सम्पन्न

(GMT+08:00) 2018-10-22 15:08:33

केही समयअघि चीनको छङ तु शहरको छिङ पाइ च्याङ विदेशी भाषा प्राथमिक विद्यालय तथा लोड्ज प्रथम प्राथमिक विद्यालय बीच पोल्याण्डको लोड्जमा मैत्रीपूर्ण विद्यालय सम्बन्धी सहकार्य सम्झौता सम्पन्न भएको थियो। सम्झौता बमोजिम दुवै विद्यालयले भाषा प्रशिक्षण, कक्षा सहयोग र शिक्षक तथा विद्यार्थीहरू बीचको पारस्परिक भ्रमण आदि विषयमा अझ घनिष्ट सहयोग गर्ने योजना छ भने दुवै विद्यालय बीच भगिनी विद्यालय सम्बन्ध पनि स्थापना गरिने छ।

छङ तुको छिङ पाइ च्याङ रोङ-युरोप तीव्र गतिको रेलको शुरुवात हो। रोङ भनेको सछ्वान प्रान्तको छोटकरी हो। त्यस रेलको अन्तिम गन्तव्य पोल्याण्डको लोड्ज नै हो। गत सन् 2013 रोङ-युरोप तीव्र गतिको रेल सञ्चालनमा आएदेखि यता हरेक वर्ष आवत-जावत गरिने रेलको संख्या एक हजारभन्दा बढी पुगेको छ। पोल्याण्ड "बेल्ट एण्ड रोड"मा रहेको एक महत्वपूर्ण मुकाम नै हो। चीन र पोल्याण्डबीचको आर्थिक र व्यापारिक आवत-जावत बढ्दै गएको सिलसिलामा दुवै देशबीचको सांस्कृतिक आदान-प्रदान र शैक्षिक सहयोग पनि क्रमश: गहिरिंदै आएको देखिन्छ। हाल उक्त छिङ पाइ च्याङ विदेशी भाषा प्राथमिक विद्यालयले चीन-पोल्याण्डको संस्कृति, रीतिरिवाज र भाषा लगायत विशेषतायुक्त चीन-पोल्याण्ड अन्तर्राष्ट्रिय परिचयात्मक कक्षा प्रस्तुत गरेको छ। त्यस कक्षामा पोल्याण्डेली भाषा सुन्ने, बोल्ने र लेख्ने उपाय, चीनको परम्परागत संस्कृति, पोल्याण्डेली विशेषतायुक्त संस्कृति, चीन-पोल्याण्ड संस्कृतिको भिन्नता, छिङ पाइ च्याङको स्थानीय संस्कृति र बेल्ट एण्ड रोडको पृष्ठभूमिमा रोङ-युरोप तीव्र गतिको रेल तथा प्राचीन रेशमी मार्ग बीचको सांस्कृतिक सम्पर्क आदि रोचक विषयहरू समावेश छन्। छिङ पाइ च्याङ विदेशी भाषा प्राथमिक विद्यालयका प्रमुख लो पिनका अनुसार, ती विषयहरू विद्यार्थीका लागि अन्तर्राष्ट्रिय दृष्टिको स्थापना गर्न र चीन-पोल्याण्ड सांस्कृतिक आदान-प्रदानलाई अघि बढाउन ज्यादै गहिरो अर्थ रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

हामीले यस्तो विशेषतायुक्त कक्षा प्रस्तुत गर्नुको मु्ख्य उद्देश्य चीन र पोल्याण्ड दुवै देशका उत्कृष्ट संस्कृतिको तुलना गर्नु भन्ने हो। त्यसबाट विद्यार्थीहरूले आफ्नो देशको संस्कृतिबारे जानकारी पाउनु बाहेक पोल्याण्डको संस्कृतिबारे पनि जानकारी लिन सक्ने छन्। त्यसैगरी हाम्रा विद्यार्थीहरू विस्तारै अन्तर्राष्ट्रिय दृष्टि सहितका विद्यार्थी बन्नसक्ने छन्।

लोड्ज प्रथम प्राथमिक विद्यालयका प्रमुख माग्दा लेना डिनार्स्का दुवै देश बीच भाषा र सांस्कृतिक आदान-प्रदान तथा सहकार्यको भविष्यप्रति आशावादी हुनुहुन्छ। उहाँका अनुसार, गत सन् 2015 छङ तु तथा लोड्जबीच भगिनी शहर सम्झौता सम्पन्न भएदेखि वाणिज्य आवत-जावतका अतिरिक्त शिक्षा जस्तै अन्य क्षेत्रको सहकार्य पनि द्रुत गतिले विकसित हुँदै आएको देखिन्छ। त्यस क्रममा लोड्ज प्रथम प्राथमिक विद्यालयका विद्यार्थीहरूले चीन र चिनियाँ संस्कृतिका बारेमा पनि झन् झन् बढी चासो राख्दै आएका छन्। उहाँ यसरी भन्नुहुन्छ:

हामीले के देख्न सकेका छौं भने हरेक चोटीको चिनियाँ भाषा कक्षामा विद्यार्थीहरूले चीन र चिनियाँ संस्कृतिका बारेमा निकै गहिरो रुचि देखाउने गरेका छन्। अहिले हामीले प्रत्येक हप्ता एक घण्टाको चिनियाँ भाषा प्रशिक्षणको शैक्षिक योजना प्रस्तुत गरेका छौं। हामीले चीनका विद्यालयसित खुलस्त कक्षा चलाएर नेटवर्कमार्फत आदान-प्रदान गर्ने योजना पनि बनाएका छौं। यसबाहेक, केही रोचक विषयहरू हामीले चीनका विद्यालयसित साटासाट गर्न सक्ने छन्।

लोड्ज शहरको शिक्षा व्युरोका प्रमुख जारो स्लाओका अनुसार, लोड्ज र छङ तु गत सन् 2015देखि भगिनी शहर बनेपछि दुवै पक्षबीच शैक्षिक सहकार्यको चाहना झन् झन् बढ्दै गएको देखिन्छ। हाल शैक्षिक क्षेत्रमा दुवै देशबीचको सहकार्यको वास्तविक प्रगति हासिल भएको देख्दा साह्रै खुसी र गौरव लागेको छ।

जानकारी तथा लेखहरु