फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ चित्र कला प्रदर्शनी काठमाण्डौँमा

(GMT+08:00) 2018-10-22 16:55:45

चिनियाँ चित्र कला प्रदर्शनी आज अक्टुबर २२ तारिखदेखि काठमाण्डौँमा अवस्थित कला परिषदमा सुरु भएको छ। उक्त प्रदर्शनीमा ४१ जना चिनियाँ चित्रकारका ५८ वटा चिनियाँ शैलीका चित्र प्रदर्शनमा राखिएका छन्। एकेडेमीका उपाध्यक्ष चाङ च्याङ चौले चिनियाँ परम्परागत चित्र कलाको छोटकरी जानकारी दिँदै भन्नुभयो: यस प्रदर्शनीको स्केल ठूलो छैन तापनि यसबाट चाइना नेशनल एकेडमी अफ पेन्टिङका चित्रकारहरूको पछिल्ला रचनात्मक अनुसन्धान परिणाम प्रतिबिम्बित भएको छ। यस प्रदर्शनीबाट दुई देशका जनताबीचको मित्रता र दुई देशबीचको सांस्कृतिक आदान-प्रदान बढाउन सक्रिय भूमिका निर्वाह हुने हाम्रो विश्वास छ। नेपालका लागि चिनियाँ राजदूतावास सांस्कृतिक विभागका प्रमुख छितानपाइमुले यस चित्रकला प्रदर्शनीको सफलताको कामना दिँदै भन्नुभयो: कला र संस्कृतिको आदान-प्रदानमा विशेष गरी पेन्टिङको आदान-प्रदान गर्दा भाषाको समस्या वा बाधा हुँदैन र मेरो विचारमा यस्ता कार्यक्रमहरू हामीले अझ बढी गर्नुपर्छ।

नेपालका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री आनन्द पोख्रेलले नेपाल-चीन सांस्कृतिक तथा कला आदान-प्रदानको टिप्पणी गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयो: प्राचीन कालदेखि चीन तथा नेपालबीच सांस्कृतिक सम्बन्ध रहँदैआएको छ र बुद्ध तथा बौद्ध शिक्षाले सम्बन्धलाई अझै गहिरो बनाएको छ। सन् १९९९ मा दुई देशबीच सांस्कृतिक सम्बन्ध बढाउन हेतुले सम्झौता भएको थियो र सम्झौता अनुसरण गर्दै पछिल्ला दिनहरूमा दुई देशबीच सांस्कृतिक सम्बन्ध र आदानप्रदान बढ्दैआएको छ।

 

जानकारी तथा लेखहरु