फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइ वानको जोखिम अवस्थाको जिम्मेवार को ?

(GMT+08:00) 2018-10-22 16:56:19

अक्टोबरको सुरुमा अमेरिकाका उप-राष्ट्रपति माइक पेन्सले चीनलाई दोष दिने सरकारी लेख सार्वजनिक गरी अमेरिकी निर्वाचनमा हस्तक्षेप, अन्तर्राष्ट्रिय आदेशलाई चुनौति, थाइ वान डमरुको स्थीरतालाई धम्किको आधारमा चीनलाई आरोप गर्नुभयो। यसका साथै हाल अमेरिकी सेनाले पनि थाइ वान विषयमा हस्तक्षेप गरिरहेको छ। ती गतिबिधिबाट चीन-अमेरिका सम्बन्ध र थाइ वान डमरुका दुई किनारका सम्बन्ध पनि प्रभावित हुने र संकटमा पर्न सक्छ। थाइ वान सत्तारुढ दलका प्रमुख छाइ यिङ वनले उक्त लेखको सक्रिय प्रतिक्रिया दिएबाट पनि थाइ वानलाई जोखिम अवस्थामा ल्याइने सं‍भावना देखिएको छ।

वास्तवमा थाइ वानमाथि ट्रम्प सरकारको नीति नै अमेरिकाको रणनीतिक हितको लागि सामग्रीको लेनदेन र थाइ वानसँगको राजनीतिक समन्वय मात्र हो। थाइ वान डमरुको अवस्थामा अमेरिकाले हस्तक्षेप गरेकोबारे थाइ वानका विभिन्न पक्षबीच विवादास्पद मानसिकता रहेको छ। सत्तारुढ दलले फाइदा पाउनेछ तर थाइ वानसमक्ष अरु बढी तथा ठूलो परिवर्तन देखिनेछ अर्थात् झनै बढी अमेरिकाको संरक्षणमा निर्भर भएमा थाइ वान व्हाइट हाउसको नैतिक उपकरण बन्ने झनै ठूलो सम्भावना रहनेछ। ट्रम्पले थाइ वान छोडेर मुख्य भूमिसँग सम्झौता गर्नसक्ने विचार लिएमा थाइ वानसँग भइरहेका फाइदाहरू त्याग्ने सम्भावना प्रवल देखिन्छ। दुई वर्षयता देखिएको अवस्था पनि यस्तो हो। यस हिसाबले थाइ वान स्वतन्त्रता समूह नै थाइ वानलाई जोखिम अवस्थामा ल्याउने कारक हो।

जानकारी तथा लेखहरु