फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन कुन बाटोमा हिँडेको छ ? चिनियाँ राष्ट्राध्यक्षको विचारधारा

(GMT+08:00) 2018-10-22 16:56:50

धेरै वर्षको सुधार तथा खुलापन पार गरेपछि चीनको मिलिजुली राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय प्रभावित शक्ति तिब्र गतिले बढेको देखिन्छ। विश्वले चीनको विकासलाई झन् झन् बढी ध्यान दिँदै गएको छ। साथै प्रशंसाबाहेक शंकास्पद आवाज पनि छन्।

सन् २०१५ को अक्टोबरमा बेलायतको भ्रमणमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुहुँदै विश्वव्यापी ध्यानाकर्षित"चीनको बाटो"भन्ने विषयबारे व्याख्या गर्नुभएको थियो। उहाँका अनुसार चिनियाँहरु हिँडेको बाटो इतिहासद्वारा छनौट गरिएको बाटो हो। एक राष्ट्र वा एक जातिले आफूसित अनुकूल हुने बाटोमा लागेबाट मात्रै आफ्नो विकास लक्ष्यलाई साकार तुल्याउनसकिने छ। सुधार तथा खुलापन भएको ३७ वर्षयता चीनको अर्थतन्त्र औसत प्रतिवर्षमा १० प्रतिशतले बढ्दै आएको छ भने विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ। ६० करोड जनता गरिबीबाट मुक्त भएका छन्। औसत प्रतिव्यक्तिको कूल गार्हस्थ्य उत्पादन मात्रा ७ करोड अमेरिकी डलरभन्दा बढी छ। आजका कतिपय विकसित मुलुकले सय वर्षसम्मको विकासपछि पाएको स्थान चीनले केही दशकको समयमा पूरा गरेको छ। जसबाट सम्पूर्ण रुपमा चिनियाँहरु उचित बाटोमा लागेको प्रमाणित भएको छ।

जन गणतन्त्र चीनले सधैं नै सुधार तथा नविनतालाई जोड दिँदै आएको छ। चिनियाँ समाजवाद पुस्तिकाको सिद्धान्त होइन, यो वास्तविक गतिविधि तथा अभ्यासमा लगातार विकसित भैरहेको जीवित कुरा हो। चीनको विशेषतायुक्त समाजवादले समाजवादी बजारमूलक अर्थतन्त्र, लोकतान्त्रिक राजनीति, उन्नत संस्कृति,मेलमिलापयुक्त समाज, पर्यावर्णिय सभ्यताको निर्माण गर्दै क्रमशः समस्त जनताको संयुक्त समृद्धिलाई साकार तुल्याउने लक्ष्य लिएको छ।

जानकारी तथा लेखहरु