फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको मजदुर संघको १७ औं राष्ट्रिय काँग्रेस शुरु

(GMT+08:00) 2018-10-22 17:11:19

चीनको मजदुर संघको १७ औं राष्ट्रिय काँग्रेस आज २२ तारिख जन बृहत्त सभाभवनमा शुरु भयो। सी चिन फिङ,ली ख छ्याङ,लि चान शु,वाङ याङ,चाउ ल चि,हान चङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रका नेताहरुले यस राष्ट्रिय काँग्रेसमा भाग लिँदै शुभकामना व्यक्त गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट वाङ हु निङले सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनदेखि यता राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नेतृत्व गरिएको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमातहत रहेर चिनियाँ कामदार वर्गले उच्च दायित्वबोध भावनाले महान कार्यलाई प्रबर्द्धन गरेको छ। विभिन्न स्तरीय मजदुर संघले सी चिन फिङको नयाँ युगको चिनियाँ विशेष समाजवादी विचारलाई निर्देशनको रुपमा लिँदै मिलिजुली श्रमिक सम्बन्धको निर्माण गरेको र सम्बन्धीत् विभिन्न क्षेत्रका काममा महत्वपूर्ण प्रगति पाइएको पनि वक्ता वाङ हु निङले बताउनुभयो।

राष्ट्राध्यक्ष सी चिन फिङको कामदार वर्ग र मजदुर काम सम्बन्धित् महत्वपूर्ण भाषणले नयाँ युगको मजदुर कार्यका लागि स्पष्ट दिशा निर्देश गरेको बताउँदै कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको महान कल्पनालाई साकार तुल्याउनु नै विभिन्न जातिय जनता मात्रा नभइ चिनियाँ कामदार वर्गको ऐतिहासिक कार्यभार पनि भएको औंल्याउनुभयो। साथै चिनियाँ कामदार वर्गले श्रम उत्साहलाई प्रेरित गर्दै नयाँ युगमा श्रमिकको प्रेरणादायक गीत गाउनसक्ने आशा वाङले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु