फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको अप्रत्याशित दोषारोपनप्रति चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2018-10-22 18:50:32

अमेरिकी राष्ट्रिय खुफिया निर्देशनालय, न्याय मन्त्रालय, संघीय जाँच व्युरो, सुरक्षा विभागले हाल बेग्ला बेग्लै रुपमा वक्तव्य प्रकाशित गर्दै रुस, चीन, इरान लगायतका विदेशी शक्तिले आउने महिना आयोजना हुने मध्यकालीन निर्वाचनमा हस्तक्षेप गर्ने लक्ष्य रहेको जनाएका छन्। यसका अतिरिक्त ब्लूमबर्गका अनुसार धेरै अमेरिकी नेटवर्क सुरक्षा कम्पनीका खुफिया विश्लेषकहरुले "चीनले अमेरिकाको मध्यकालीन निर्वाचनलाई हस्तक्षेप" गर्ने प्रमाण नभेट्टाइएको बताएका छन्।

यसप्रति चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङ्गले आज २२ तारिख नियमित पत्रकार सम्मेलनमा बताउनुभएअनुसार अमेरिकाको उक्त आरोप कुनै पनि आधार छैन। यसको चीनले कडा विरोध गरेको र यस्तो आरोपलाई रोकेर अमेरिकाले वास्तविक गतिविधि चालेर चीनसँगको स्वस्थ तथा स्थिर सम्बन्धको संरक्षण गर्न चीनले ताकिता गरेको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु