फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापन वर्तमान चीनको उज्ज्वल प्रतीक बनेको सी चिन फिङको ठहर

(GMT+08:00) 2018-11-05 10:44:34

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले खुलापन नै वर्तमान चीनको उज्ज्वल प्रतीक बनिसकेको व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले सुधार तथा खुलापन नीति संचालन भएको चालीस वर्षयता चीनले ढोका खोलेर निर्माण गरिरहेबाट बन्द अर्ध-बन्ददेखि पूर्ण रूपमा खुलासम्म महान् ऐतिहासिक रुपान्तरण भएको भन्दै चीनले खुलालाई विस्तृत पारी आफूलाई विकास गरेर विश्वलाई समेत फाइदा पुर्‍याएको जानकारी दिनुभयो। अझ उच्च स्तरीय रूपमा खुलालाई बढाउने, खुला तरिकाको विश्व अर्थव्यवस्थाको निर्माण गर्ने, र मानव जातीय भाग्य समूदायको स्थापना गर्ने चीनको पाइला स्थगित नहुनेमा पनि सीले जोड दिनुभयो।

सीले आपसी हितयुक्त खुला रणनीतिमा चीन अडिग रहिरहने बताउनुहुँदै चीन विश्व संयुक्त खुलापनको महत्वपूर्ण प्रबर्द्धक, विश्व आर्थिक वृद्धिको स्थीर शक्ति स्रोत, विभिन्न मुलुकले वाणिज्य मौका विस्तृत गर्ने ठूलो बजार, विश्व प्रशासन तथा सुधार हुने सक्रिय योगदानकर्ता भइरहने पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु