फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा विभिन्न मुलुकसमक्ष खुला र सहयोग सम्बन्धि तीन वटा प्रस्ताव प्रस्तुत

(GMT+08:00) 2018-11-05 11:03:12

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आयात एक्स्पोमा विभिन्न मुलुकसमक्ष खुलालाई निरन्तरता दिने, आपसि हित र सहयोगलाई विस्तार गर्ने, सिर्जना गर्ने, पुरानो र नयाँ गतिशील ऊर्जाको रूपान्तरणको गति बढाउने, समावेशी र साझा विकासलाई बढाउन आह्वान गर्नुभएको छ।

उहाँले विभिन्न मुलुकलाई सुरक्षावाद, एकपक्षीयतावादलाई विरोध गर्न, बहुपक्षीय र द्विपक्षीयको खुला स्तरलाई बढाउने, विभिन्न मुलुकको आर्थिक आदान-प्रदानलाई बढाउन, खुला विश्व आर्थिक व्यवस्थालाई संयुक्त रुपमा निर्माण गर्न आव्हान गर्नुभएको छ। उहाँले समष्टिगत आर्थिक नीतिको मध्यस्थतालाई बढाउने, निष्पक्ष, व्यावहारिक र पारदर्शी अन्तर्राष्ट्रिय आर्थिक नियम प्रणालीलाई निर्माण गर्न पनि औंल्याउनुभयो। उहाँले व्यापार र लगानी स्वतन्त्रता र सुविधालाई बढाउने, विश्व आर्थिक व्यवस्थालाई अझ खुला र समावेशी बनाउने व्यक्त गर्नुभयो।

उहाँले नयाँ चरणको प्राविधिक र उत्पादन क्रान्तिको मौकालाई विभिन्न मुलुकले समात्न पर्छ भन्नुहुँदै नयाँ प्रविधि, नयाँ उत्पादन, नयाँ मोडलाई संयुक्त रुपमा निर्माण गर्न पनि आह्वान गर्नुभयो।

जानकारी तथा लेखहरु