फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र सं‍घीय ग्लोबल नेभिगेशन स्याटलाइट सिस्टमको अन्तर्राष्ट्रिय कमिटिको तेह्रौँ सभालाई सी चिन फिङद्वारा बधाइ सन्देश

(GMT+08:00) 2018-11-05 11:31:17

संयुक्त राष्ट्र सं‍घीय ग्लोबल नेभिगेशन स्याटलाइट सिस्टमको अन्तर्राष्ट्रिय कमिटिको तेह्रौँ सभा ५ तारिख पल्लो शान सी प्रान्तीय सी आनमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सभालाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा सी चिन फिङले नेभिगेशन स्याटलाइट सिस्टम अन्तरीक्षको महत्वपूर्ण पूर्वाधार भएको भन्दै चीनले नेभिगेशन स्याटलाइट सिस्टमको विकासमा उच्च ध्यान दिनुका साथै सक्रिय रुपमा अन्तर्राष्ट्रिय सहयोग गरिरहेको दोहोर्‍याउनुभयो। यस वर्षको अन्तमा चीनको पेइतौ सिस्टमले वेल्ड एन्ड रोडका देश र क्षेत्रलाई सेवा प्रदान गर्न थाल्नेभएको छ र सन् २०२० मा विश्वभरि सेवा पुग्नेछ साथै सन् २०५३ अघि अझै व्यापक, मिलेको र स्मार्ट समष्टिगत सिस्टमको निर्माण गर्ने सीले जानकारी दिनुभएको छ।

सी चिन फिङले चीनले विभिन्न मुलुकसँग पेइतौ सिस्टमको उपलब्धिलाई बाँडेर विश्व नेभिगेशन स्याटलाइट कार्यको विकास गर्न तथा प्रबर्द्धन गर्ने इच्छा लिएको व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु