फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्रको निर्माण

(GMT+08:00) 2018-11-05 15:03:24

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आज नोभेम्बर पाँच तारिख शाङहाईमा शुरु भएको छ। जम्मा 172 मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन तथा 3 हजार 6 सयभन्दा बढी व्यवसायहरू त्यस विश्वव्यापी आर्थिक-व्यापारिक बिशाल समारोहमा सहभागी भएका छन्। उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "नयाँ र समावेशी खुला विश्व अर्थव्यवस्थाको निर्माण " शीर्षकमा सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले ऐतिहासिक परिस्थितिको दृष्टिबाट विभिन्न मुलुक बीच खुलस्त सहकार्य चलाउने तीनवटा धारणा प्रस्तुत गर्नुका साथै चीनले खुल्लापनको विस्तार गर्ने र त्यसलाई अघि बढाउने पाँच किसिमको नियम पनि घोषणा गर्नुभएको छ। ती धारणा र नियमहरूले चीनद्बारा सधैं नै प्रस्तावित सँगै मिलेर स्वतन्त्र व्यापार र बहुपक्षीय व्यापारिक व्यवस्थाको सँरक्षण गर्ने, सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्र र मानव जाति भाग्यको एकरुपताको निर्माण गर्ने विषयका लागि अझ सशक्त जिवन्त शक्ति थपिएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले हाल चीनले सुधार र खुल्लापनको क्षेत्र र परिधिलाई पूर्णता दिलाइरहेको विषयबारे बाह्य जगतलाई पनि जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु