फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोबाट विदेशतर्फ खुल्ला हुने चीनको दृढ अठोट प्रतिबिम्बित

(GMT+08:00) 2018-11-06 14:08:09

होङ छ्याउ अन्तर्राष्ट्रिय बित्तीय मिडिया र थिङ्कट्याङ्क मञ्च हिजो नोभेम्बर पाँच तारिख दिउँसो शाङहाईमा आयोजना गरियो। चाइना मिडिया ग्रुपका निर्देशक शन हाई स्योङले सो मञ्चलाई सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा निर्देशक स्योङले राष्ट्राध्यक्ष सी चिन फिङले प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्धाटन समारोहमा गर्नुभएको महत्वपूर्ण सम्बोधनमा चर्चा गरिएका शब्दहरू तुरुन्तै इन्टरनेटका तातो विषय बनेको भन्दै उहाँको सम्बोधनले देश र विदेशमा निकै सकारात्मक प्रतिकृया पाएको औँल्याउनुभएको छ।

निर्देशक स्योङका अनुसार, राष्ट्राध्यक्ष सीको महत्वपूर्ण सम्बोधनमा विदेशतर्फ खुल्ला हुने चीनको नीति तथा कदमलाई प्रकाश पारिएको, सारा विश्वसँगै सामुहिक हित-कल्याण्ड हुने हार्दिक शुभेच्छा अभिव्यक्त गरिएको र चीनको दायित्व र जिम्मेवारी प्रतिबिम्बित गरिएको छ। उहाँको सम्बोधनमा चर्चा गरिएको "समुद्र धारणा" र "समूह गायन" जस्तै शब्दहरू तुरुन्तै इन्टरनेटमा प्रचलित तातो विषय बनेको देखिन्छ।

जानकारी तथा लेखहरु