विभिन्न मुलुकका मिडियाले उदियमान बजारमुलक मुलुक तथा विकासोन्मुख मुलुकको अडानको प्रसारणमा महत्व दिनुका साथै विश्वका विविध संस्कृति र विभिन्न सभ्यताका लागि सम्पर्क राख्ने, आदान-प्रदान बढाउने र समाहित हुने चौतारो उपलब्ध गराउने आह्वान चाइना मिडिया ग्रुपका निर्देशक शन हाई स्योङले गर्नुभएको छ। उहाँले हिजो नोभेम्बर पाँच तारिख दिउँसो शाङहाईमा आयोजित होङ छ्याउ अन्तर्राष्ट्रिय बित्तीय मिडिया र थिङ्कट्याङ्क मञ्चलाई सम्बोधन गर्दै उक्त आह्वान गर्नुभएको हो।
आफ्नो सम्बोधनमा निर्देशक स्योङले विकासोन्मुख मुलुकको आवाजलाई विश्व जनमत ठहर क्षेत्रमा विस्तृत रुपमा प्रसारण गर्न नसकिएको विषयबारे आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। विभिन्न पक्ष बीच सम्पर्क र विचार-विमर्श गर्ने पुलको हैसियतले मिडियाले मानव जाति भाग्यको एकरुपताको निर्माणलाई अघि बढाउनुपर्ने कुरामा पनि निर्देशक स्योङले जोड दिनुभएको छ।