फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र विश्व दुवैका लागि "समृद्धितिर जाने पूल"को स्थापना आवश्यक

(GMT+08:00) 2018-11-07 16:35:51

बिगत केही समयदेखि चीन विश्वका मिडियाका लागि सबभन्दा ध्यानाकर्षणको विषयमध्येको एक बन्दै आएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गत 5 तारिख प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई महत्वपूर्ण सम्बोधन गर्दै सँगै मिलेर सिर्जनशीलता र सहिष्णुता सहित खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै चीनले पाँचवटा कदम चालेर खुलापनको अझ विस्तार गर्ने घोषणा गर्नुभएको छ। त्यसपछि प्रधानमन्त्री ली ख छ्याङले 6 तारिख विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठन लगायत छवटा मुख्य अन्तर्राष्ट्रिय आर्थिक बैकिङ संस्थाका जिम्मेवार व्यक्तिसँग 1 जोड 6 सम्झौता-वार्तामा भाग लिनुभएको छ। त्यस वार्तामा उहाँहरूले चीन र विश्व अर्थतन्त्रले खुलापन सम्बन्धी सहकार्यमा साझा जित कसरी सिर्जना गर्ने विषयबारे विचार-विमर्श गर्नुभएको छ। यसबाहेक, चीनले उच्चस्तरीय खुलापन र उच्च गुणस्तरीय विकासलाई अघि बढाउने कुरालाई पनि प्रधानमन्त्री लीले दोहर्‍याउनुभएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका गभर्नर क्रिस्टाइन लागार्डका अनुसार, चीनले समृद्धितर्फ जाने पुलको निर्माण गरिरहेको छ। वास्तवमा सो पुल चिनियाँ जनताको चाहना मात्र नभई सारा विश्वको चाहना पनि हो।

जानकारी तथा लेखहरु