फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट देश विदेशी व्यवसायलाई सहयोगात्मक मौका

(GMT+08:00) 2018-11-10 16:03:57

पहिलो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँच तारिखदेखि दश तारिखसम्म शाङ्गहाई राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित भएको छ। एक सय तीसभन्दा बढी मुलुकका तीन हजारभन्दा बढी व्यवसाय एक्स्पोमा सहभागी भएका छन्। यसका साथै बयासी वटा मुलुक र तीन वटा अन्तर्राष्ट्रिय संगठनले एकहत्तर वटा पेभिलियनको स्थापना गरेको छन् भने प्रदर्शनको कूल क्षेत्रफल लगभग तीस हजार वर्गमिटर छ। विभिन्न मुलुकले राष्ट्रको इमेज,आर्थिक व्यापारिक विकास उपलब्धि र विशेषतायुक्त उत्पादनलाई प्रदर्शन गरेका छन्। यस पटकको एक्स्पोमा धेरै हस्ताक्षर समारोह आयोजित भएर चीन र विदेशी व्यवसायलाई एउटा राम्रो सहयोगात्मक चौतारोको स्थापना गरिएको छ।

चिनियाँ निर्माण सामग्री आयात निर्यात कम्पनीका उपप्रमुख वाङ्ग ली हले अन्तर्वाता दिंदै चीनले आयात एक्स्पोलाई आयोजित गरेकोले चीनले विश्वतिर बजारलाई खुला गर्ने महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले एक्स्पोले चीनलाई खुला गर्ने, विश्वाव्यापीकरणको समर्थन गर्ने विश्वास र संकल्प देखा परेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु