फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पोका उपलब्धि

(GMT+08:00) 2018-11-11 15:51:57

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो हिजो नोभेम्बर दश तारिख शाङ्गहाईमा सम्पन्न भएको छ। चीन सरकारले सोही दिन जानकारी दिँदै यस पटकको एक्स्पोले एक सय बहत्तर वटा मुलुक र क्षेत्रीय अन्तर्राष्ट्रिय संगठनहरु सहभागी रहेका छन्। यसका साथै चार लाखभन्दा बढी चिनियाँ तथा विदेशी खरिदकर्ताले एक्स्पोमा विचार-विमर्श गरी सन्ताउन्न अर्व त्रियासी करोड अमेरिकी डलरको कारोबार गरेका छन्।

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो व्यूरोका उपप्रमुख सुन छङ्ग हाईले सोही दिन व्यक्त गर्दै पहिलो आयात एक्स्पोमा तीन हजार छ सयभन्दा बढी व्यवसायले भाग लिएर प्रदर्शन गरेको र आर्थिक व्यापारिक उपलब्धि प्रशस्त भएको बताउनुभएको छ। प्रारम्भिक तथ्यांक अनुसार, एक्स्पोमा विश्व अथवा चीनमा पहिलो पटक सार्वजनिक गरिएको नयाँ उत्पादन, नयाँ प्रविधि र सेवा पाँच सय सत्तरीभन्दा बढी रहेका छन्।

दोस्रो आयात एक्स्पोको तयारीको काम पनि शुरु भएको र अहिलेसम्म दुई सयभन्दा बढी व्यवसायले दोस्रो एक्स्पोमा भाग लिने सम्झौतामा हस्ताक्षर गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु