फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चार महिनामा भारतबाट पाइपलाइनमार्फत् नेपालमा पेट्रोलियम भित्रिने

(GMT+08:00) 2018-12-16 15:03:00

आगामी चैतमा मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ। निर्माणको काम तोकिएको समयभन्दा अगावै सम्पन्न हुने भएकाले चार महिनापछि अर्थात् चैत १७ गतेसम्म पेट्रालियम पदार्थ ल्याउने तयारी गरिएको हो। निगमका अनुसार भारततर्फको ३२ किलोमिटर पाइपलाइन अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ करिब २३ किलोमिटर सम्पन्न भइसकेको छ। अमलेखगञ्जको डिपोभित्रको आठ सय मिटर र अमलेखगञ्जदेखि पथलैयासम्मको नौ किलोमिटर बाँकी रहेको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, 'मार्चसम्ममा पेट्रोल ल्याउने गरी तीव्र गतिमा काम भएको छ।'

निर्माण शुरु गरेको तीस महिनाको अवधि तोकेर गत वैशाबाट शुरु भएको निर्माणको काम आठ महिना नपुग्दै ७५ प्रतिशत सम्पन्न भइसकेको छ। राष्ट्रिय गौरवको आयोजना मोतीहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण भएपछि मासिक ७० करोड ढुवानी भाडा बचत हुने अनुमान छ। कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइपलाइनका लागि दुई अर्ब र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड लगानी हुनेछ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल सरकारको लगानी हो ।

निगमका अनुसार अमलेखगञ्जमा भण्डारण ट्याङ्की थप गरिनेछ। हाल २३ हजार किलोलिटर क्षमताको ट्याङ्की रहेकोमा अब ४२ हजार किलोलिटर क्षमता भएको ट्याङ्की निर्माण हुनेछ। पाइपलाइनबाट आपूर्ति हुन थालेपछि ढुवानी लागत घट्ने, मिसावट नहुने, लोडिङ जाम, बन्द हडताल र समयको पनि बचत र आपूर्तिमा धेरै सहज हुने निगमले जनाएको छ।

जानकारी तथा लेखहरु