फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आज राष्ट्रिय झण्डा दिवस मनाइँदै

(GMT+08:00) 2018-12-16 15:04:17

'मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान' नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको छ। अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो।

राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा दिवसको रूपमा मनाउन लागेको कार्यक्रम संयोजक श्याम बजगाईले जानकारी दिनुभयो। उहाँले २०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताउनुभयो। सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ।

जानकारी तथा लेखहरु