फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन सल्लाहकार समितिको पहिलो बैठक आयोजित

(GMT+08:00) 2018-12-16 15:11:56

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् पार्टीको केन्द्रिय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छले १६ तरिख पैचिङमा बेल्ट एण्ड रोड(बीआरआई) अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन सल्लाहकार समितिको पहिलो बैठकको उद्धाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

सो अवसरमा याङले विभिन्न पक्षहरूसँगै मिलेर चीनले खुलस्त, सहकार्यमूलक र हरित विकासका क्षेत्रहरूलाई अघि बढाउँदै बहुपक्षीयतावादको अडानलाई समर्थन गर्ने सकारात्मक संकेत दिँदै जाने इच्छा लिएको पनि प्रकाश पार्नुभयो। खुला विश्व अर्थतन्त्रको संयुक्त निर्माण गर्दै जोडिएको विश्व समझदारी सम्बन्ध तथा विश्व विकासको प्रवर्द्धन गर्ने आशा पनि चीनले व्यक्त गरेको छ।

सो सल्लाहकार समितिको गठन नै बीआरआई सम्बन्धी बहुपक्षीय सहयोगको एक महत्वपूर्ण उपलब्धि हो र समितिका सदस्यहरूले सक्रियताका साथ राय-सुझाव प्रस्तुत गर्दै सल्लाहकार समितिलाई शिखर सम्मेलनको थिङ्कट्यांक बनाउने अपेक्षा लिएको पनि याङले प्रकट गर्नुभएको छ।

सो सल्लाहकार समितिको बैठकको उद्धाटन समारोहपछि याङले फ्रान्सेली, इटली तथा इजिप्टका पूर्व प्रधानमन्त्रीहरू लगायत सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरूसँग भेटघाट पनि गर्नुभयो।

जानकारी तथा लेखहरु